नेपाल र क्यानडाबीच हुने क्रिकेट सिरिजको लाइभ डिशहोमबाट «
Logo

नेपाल र क्यानडाबीच हुने क्रिकेट सिरिजको लाइभ डिशहोमबाट

काठमाडौं- क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको क्रिकेट खेलको प्रत्यक्ष प्रसारण डिशहोमले गर्ने भएको छ । डिशहोमको एक्सन स्पोर्ट्स एचडि १ र डिशहोम गोबाट नेपाल र क्यानाडाबीचको सिरिजको प्रत्यक्ष प्रसारण हुने भएको हो ।

क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको सिरिज २०२४ को फेब्रुअरीमा हुने भएको छ । उक्त एकदिवसीयका खेलहरू काठमाडौंस्थित टियु क्रिकेट मैदानमा हुँदैछ । नेपालको पहिलो र एक मात्र स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्