कर्णालीमा हिमपात, किसान उत्साहित

जुम्ला- कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्लामा यस वर्षकाे पहिलाे हिमपात भएकाे छ । जुम्लासहित कर्णालीका मुगु, हुम्ला र डाेल्पामा बिहीबार रातीदेखि भारी हिमपात भएकाे हाे । कालिकाेटमा उच्च भु-भागमा हिमपात र बेसिमा वर्षा भएकाे छ ।

लामाे समयसम्म हिउँ नपरेपछि चिन्तित बनेका कर्णालीका किसान हिमपातसंगै उत्साहित भएका छन् । पुषमै हिउँकाे प्रतिक्षा गरिरहेका किसान ढिलै भएपनि हिउँ पर्दा हर्षित भएका हुन् । हिउँ नपरेसम्म कर्णालीकाे हिउँदेबाली उत्पादनमा गिरावट आउँनुका साथै स्याउ बगैंचा व्यवस्थापनमा समेत समस्या हुन्छ । त्यसलै पनि कर्णालीका किसान हिउँदमा हिउँकाे प्रतिक्षा गर्छन् ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकाेटाले अहिले भएकाे हिमपातले कृषिक्षेत्रमा विशेष राहत पुराउने बताए । उनले भने, ‘यस वर्ष ढिला हिमपात भयाे । त्याे पनि अपेक्षानुसार हिउँ परेन । थाेरै भएपनि बालीनालीलाई सघाउ पुग्छ । स्याउ बगैंचा व्यवस्थापनमा पनि राहत हुन्छ ।’

स्याउका बाेटहरुमा खाडल बनाई हिउँ संकलन गर्न समेत प्रमुख देवकाेटाकाे किसानलाई अनुराेध छ । यस वर्ष हिउँ नपरेर हिउँदेबाली खेतमै सुक्ने चिन्ताले पिराेलि रहेकाे बेला थाेरै भएपनि हिमपात भएर राहत मिलेकाे किसान चन्द्रविर चनाराले बताए । हिउँदकाे कर्णालीकाे कृषि र जनजीवनसंग जाेडिएकाे छ । उनले भने, ‘हिउँ नपरी हिउँदे जाै बाली सप्रिन्न । पुस माघमा हिउँ नपरेसम्म ताताे रिट्दैन भन्ने विश्वास छ । त्यसैले कर्णालीमा हिउँकाे आफ्नै महत्व छ ।’

गतसाल पुषमै हिमपात भए ताताे रित्तिसकेकाे थियाे । बालीनाली सप्रिएकाे थियाे । किसान कालाे कामी भन्छन्, ‘पुस माघमा हिउँ परेन भने स्याउ बगैंचा व्यवस्थाप गर्न मिल्दैन । जसले उत्पादन घट्छ । हिउँ परेपछि नयाँ बिरुवा राेप्ने चटाराे पनि सुरु हुन्छ । विगतकाे तुलनामा निकै हिउँ कम आउन थाल्याे ।’

हिमपातले जुम्ला, हुम्ला, डाेल्पा र मुगुकाे हवाई उडान पनि अवरुद्ध भएकाे छ । चिसाेले कर्णालीकाे जनजीवन समेत प्रभावित भएकाे छ । जेष्ठनागरिक, बालबालिका, सुत्केरी महिला प्रभावित छन् । उता मुगुकाे रारा तालमा पनि करिब २ ईन्च हिउँ परेकाे छ । हिमपातपछि रारा तालमा हिउँ खेल्ने पर्यटकहरुकाे भिड समेत लाग्छ ।