नयाँ सरकार गठनप्रति चेम्बर खुशी «

नयाँ सरकार गठनप्रति चेम्बर खुशी

नेपाल चेम्वर अफ कमर्सले नयाँ सरकार गठन भएकोप्रति खुशी व्यक्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन भएको सरकारलाई चेम्वरले बधाइ दिँदै नवनिर्वाचित प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको सरकारले अबको एजेन्डा आर्थिक समृद्धिलाई बनाउने विश्वास चेम्वरले गरेको छ । राजनीतिक संक्रमणकाल समाप्त भएसँंगै मुलुक आर्थिक समृद्धितर्फ अग्रसर हुने विश्वास पनि चेम्वरले लिएको छ ।
विकाशशिल मुलुकको रुपमा रहेको देशलाई विकशित राष्ट्रको दर्जामा पु¥याउने महाअभियानमा नयाँं सरकार लागिपर्ने विश्वास लिएको भन्दै चेम्वरले यसका लागि गरिवी, बेरोजगारी हटाउनेतर्फ सरकार तत्पर भएर लाग्ने विश्वास गरेको छ ।
चेम्वरले मुलुकको आर्थिक समृद्धिका लागि नयाँं सरकारसँंग मिलेर जान आफूहरु तत्पर रहेको पनि जनाएको छ । यसका लागि लगानीको वातावरण बनाउनेतर्फ लाग्न सरकारको ध्यानाकर्षण पनि गर्दै निजी क्षेत्रसँंग सहकार्य गरेर अगाडि वढन पनि चेम्वरले सरकारसँंग विशेष आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्