Logo

रिलायन्स र समाज डेण्टलबीच सम्झौता

काठमाडौं– रिलायन्स फाइनान्स लिमिटेड र आधुनिक समाज डेण्टल केयर प्रा.लि. बुटवलबीच वित्तीय तथा स्वास्थ्य सेवामा छुट लेनदेनको सम्झौता भएको छ ।

सम्झौतामा फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत रामहरी आचार्य र डेण्टलका प्रबन्ध निर्देशक अमृत भुषालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार फाइनान्सका ग्राहक, सेयरधनी तथा कर्मचारीलाई डेण्टलले प्रदान गर्ने सेवामा ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् ।

‘वित्तीय सेवाको अर्को परिभाषा’ भन्ने नाराका साथ संस्थाका ग्राहकलाई सहज तथा सर्वसुलभ तरिकाले विभिन्न शीर्षकमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागु गरि आकर्षक व्याज प्रदान गर्दै आएको कम्पनीको दावी छ । निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई इ बैंकिङ, एसिटी नेटवर्क एटीएम, विभिन्न रेमिटेन्स सेवा, सीआस्वा, आइपीएस, कनेक्ट आइपीएसलगायतका सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्