काभ्रेमा बनेपा महोत्सव सुरु «

काभ्रेमा बनेपा महोत्सव सुरु

काभ्रे-व्यापारिक नगरीका रूपमा परिचित बनेपामा बनेपा महोत्सव २०७६ सुरु भएको छ । उग्रेश्वर मन्दिरको प्राङ्गणमा आयोजना भएको महोत्सवको प्रदेश ३ का प्रमुख अनुराधा कोइरालाले उद्घाटन गरिन् । कार्यक्रममा प्रदेश नं ३ प्रमुख कोइरालाले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि शिक्षा र सीप अनिवार्य भएकाले केन्द्र प्रदेश र स्थानीय सरकारले महिलालाई उद्यमी व्यवसायी बनाउन नीति कार्यक्रम र बजेट छुट्टयाइ कार्य अघि बढाउन सुझाव दिइन् । देशमा बालक तथा बालिकामाथि भइरहेको घरेलु तथा यौन हिंसाबाट जोगिनको लागीे सबैलाई निःशुल्क शिक्षा हुनुपर्नेमा जोड दिइन् । उनले महिलाहरूको हक हितका लागि महिलाहरूलाई दक्ष र सीपमूलक तालिम तथा शिक्षा दिनु आवश्यक रहेको बताइन् ।
दसंै लक्षित व्यवसायलाई प्रवद्र्धन गर्न घरेलु तथा साना व्यवसायीलाई प्रोत्साहित गर्नुका साथै बालबालिकाहरूका लागि बालउद्यानको प्रबन्ध महोत्सवमा गरिएको छ । १ सय २४ स्टल रहेको उक्त महोत्सवमा १ करोडको कारोबार हने महोत्सवका मुख्य संयोजक हरि कर्माचार्यले जानकारी दिए । महोत्सवमा राष्ट्रिय कलाकार, काभ्रेका चर्चित कलाकारहरूले सांस्कृतिक कार्यक्रम गरी आम दर्शकहरूलाई मनोरञ्जन दिने आयोजकको भनाइ छ । दसंैको अवसरमा हुने यस महोत्वसवमा जिल्ला तथा आसपासका जिल्लाबाट सहभागी हुने भएका छन् । व्यापारलाई केन्द्रित गरेर गरिएको यस महोत्वसवमा मानव अत्यावश्यक सामग्रीहरू राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्