पाँचौं अन्तरल कलेज फुटसल प्रतियोगिता सकियो

काठमाडाैं- डिएभी कलेजको आयोजनामा सञ्चालित पाँचौँ डि.ए.भी.प्लस टु अन्तर कलेज सिक्स ए साइड फुटसल प्रतियोगिता समापन भएको छ । ४२ कलेज सहभागी भएको प्रतियोगितामा विजेता टिम विनायक सिद्ध कलेजलाई तीन लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यसैगरी टिम कुमारी एकेडेमीलाई दुई लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको हो । यस्तै उत्कृष्ट खेलाडी डिएभी कलेजका भारगव सिलवाल उत्कृष्ट गोलरक्षक कुमारी एकेडेमीका विवेक श्रेष्ठ र उच्च गोलकर्ता विनायक सिद्ध कलेजका महेश दर्नाललाई पनि जनही नगद १५ हजार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको कलेजले जनाएको छ ।
प्रतियोगिताका विजयी टिमलाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल सुमन बस्नेत, शिव शक्ति युनिफर्मका सञ्चालक/एकल विद्यालय फाउन्डेसनका अध्यक्ष महावीर अग्रवाल तथा ग्लोबल टचका नेसनल डाइरेक्टर निशान्त श्रेष्ठले विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका हुन् ।