वैदेशिक रोजगार व्यवसायीको चुनाव आज «

वैदेशिक रोजगार व्यवसायीको चुनाव आज

नेपाल वैदेशिक रोजगार व्यवसायी संघकोे मंगलबार (आज) हुने निर्वाचनमा विष्णुप्रसाद गैरे र सरोजकुमार पोखरेल अध्यक्ष पदका लागि मैदानमा उत्रिएका छन् । संघकोे निर्वाचनमा राजनीतिक रुपमा २ प्यानल बनाएर चुनाव हुने भएको छ ।
गैरेले लोकतान्त्रिक समूहबाट उम्मेदवारी घोषणा गरेका छन् भने प्रगतिशील समूहबाट पोखरेलले उम्मेदवारी दिएका छन् । संयुक्त व्यवसायीको तर्फबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु) ले उम्मेदवारी दिएका छन् । यसैगरी प्रगतिशील समूहबाट प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङको उम्मेदवारी घोषणा भएकोे छ ।

प्रतिक्रिया दिनुहोस्