दशककै राम्रो वृद्धि हासिल गर्दैै ईयू

गत वर्ष युरोपेली संघले दशककै तीव्र दरको आर्थिक वृद्धि हासिल गरेको ईयूको तथ्यांकीय कार्यालय, युरोस्ट्याटले निश्चित गरेको छ ।
गत वर्ष २८ सदस्यीय ईयूले २.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । उक्त वृद्धिदर २००७ देखिकै मजबुत हो । उक्त वर्ष ईयूले २.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो ।
गत वर्षको अन्तिम त्रैमासिक अवधिमा ईयू र १९ सदस्यीय युरोजोन दुवैले अघिल्लो त्रैमासको तुलनामा ०.६ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । ईयूकै ठूलो अर्थतन्त्र जर्मनीले गत वर्षको अन्तिम त्रैमासमा ०.६ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको छ ।
फ्रान्सको वृद्धि पनि ०.६ प्रतिशत काम भएको अवस्थामा स्पेनले ०.७ प्रतिशतको वृद्धि हासिल गरेको छ ।
गत वर्षको पूरै अवधिमा युरोजनोनले २.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको युरोस्ट्याटले जनाएको छ । यो २००७ को ३ प्रतिशतपछिकै तीव्र वृद्धि हो ।
इन्भेस्टेकका अर्थशास्त्री र्यान जाजासापुत्रले गत वर्षको धेरैजसो वृद्धिमा युरोजोनका प्रमुख चार अर्थतन्त्र जर्मनी, फ्रान्स, इटाली र स्पेनले महŒवपूर्ण योगदान गरेको बताए ।
यद्यपि लाटभिया र स्लोभाकियालगायतका पूर्वी युरोपेली अर्थतन्त्रहरू विशेष गरी तीव्र दरमा वृद्धि भइरहेको उनले थपे ।
युरोजोनको सबलताले युरोपेली केन्द्रीय बैंकको प्रोत्साहन नीतिले सहयोग गरेको उनले बताए ।
यसका अतिरिक्त युरोजोनको संकटको वर्षदेखि मनोबलमा कीर्तिमानी वृद्धि भएको उनले बताए । बेरोजगारी दर पनि संकटपूर्वको तहमा ओर्लिएको उनको भनाइ थियो ।