चोकोफन बिगफन अब नयाँ प्याकमा

काठमाडौं– सुजल फुड्स प्रालिले आफ्नो उत्पादन चोकोफन बिगफन नयाँ प्याकमा बजारमा ल्याएको छ । चोकोफन बिगफन चकलेटले भरिएको क्रिस्पी, क्रन्ची चार वटा तहबाट बनेको छ ।
त्यसमाथि भेनिल्ला स्टाइप्स हुने भएकाले स्वादले उपभोक्तालाई अधिक रमाइलो र आनन्द प्रदान गर्ने कम्पनीले बताएको छ । चम्किलो रातो र सुनौलो रंगमा आएको चोकोफन बिगफनको नयाँ प्याकेजिङले उपभोक्ताको रुचि र प्राथमिकता सम्बोधन गर्ने कम्पनीको दावी छ । चोकोफन बिगफन १५ ग्राममा उपलब्ध छ ।
जसको मूल्य १० रूपैयाँ राखिएको छ । यो प्रोडक्ट जार र प्याकेटमा उपलब्ध रहेको छ । कम्पनीले यसको उत्पादन संसारकै अत्याधुनिक प्रविधिको अटोमेटिक मसिनरिबाट स्वस्थकर वातावरणमा हुने उल्लेख गर्दै अन्तर्राष्ट्रिय गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चा पदार्थ प्रयोग गरिने भएकाले गुणस्तर र स्वादमा एकरुपता हुने दाबी गरेको छ ।
सुजल फुड्स प्रालि आइएसओ २२०००ः२०१८ प्रमाणित रहेको कम्पनीको भनाइ छ । सुजल फुड्सले बिगत ५० वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको वेफर, बबलगम, ललिपप, टफी, क्यान्डी आदि उत्पादन र बिक्री वितरण गर्दै आएको छ ।