Logo

कारोबारकर्मी बराल पुरस्कृत

पोखरा– कारोबार आर्थिक राष्ट्रिय दैनिकका पोखरा संवाददाता दीननाथ बराल पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट बराल पुरस्कृत भएका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बराललाई सम्मान गरेका हुन् । दुई दशकदेखि पोखरामा क्रियाशील रहेर कास्कीको आर्थिक विकास र नेपाल पत्रकार महासंघको संस्थागत विकासमा पुर्‍याएको योगदान बापत बराललाई २० हजारसहित पुरस्कृत गरेको महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले बताइन् ।

बरालले यसअघि विभिन्न विधामा १० भन्दा बढी पुरस्कार तथा सम्मान पाएका छन् । सोही कार्यक्रममा महासंघ कास्कीले ७ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्