Logo

एनआईसी एसिया बैंकका ग्राहकलाई भाटभटेनीमा विशेष छुट

एनआईसी एसिया बैंक र भाटभटेनी सुपरमार्केटबीच एनआईसी एसिया बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत रकम वा अधिकतम १ हजार रुपैयाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बैंकका ग्राहकहरूले उपरोक्त छुट प्राप्त गर्न सक्ने भन्दै बैंकले एनआईसीमा खाता नभएका इच्छुक महानुभावहरूले भाटभटेनी सुपरमार्केटमा रहेको एनआईसी एसिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत नयाँ खाता खोल्न सक्नुहुनेछ र इन्स्ट्यान्ट कार्ड प्राप्त गर्न सक्ने जनाएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले हस्ताक्षर गरेको तथा असोज ८ गतेदेखि कात्तिक १६ गतेसम्म लागू हुने यो योजनाबाट ग्राहक महानुभावहरूले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्नुहुने पनि बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्