नेपाल इन्भेस्टमेन्ट बैंंक र ई–सेवाफोन पेबीच सम्झौता «

नेपाल इन्भेस्टमेन्ट बैंंक र ई–सेवाफोन पेबीच सम्झौता

नेपालको पहिलो पेमेन्ट गेटवे ई–सेवाफोन पे प्रालि र नेपाल इन्भेस्टमेन्ट बैंकबीच अनलाइन भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब नेपाल इन्भेस्टमेन्ट बैंकबाट ई–सेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाहरूको सहजै भुक्तानी गर्न सकिने भन्दै बैंकले ग्राहकहरूले बैंकको इन्टरनेट बैंकिङ तथा कुनै पनि शाखामार्फत सहजै ई–सेवामा रकम लोड गर्न सक्ने जनाएको छ ।
ई–सेवा खातामा भएको रकम पनि सिधै बैंकमा जम्मा गर्न सक्ने तथा ई–सेवाबाट मोबाइल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, हवाईजहाज तथा बसको टिकट, विद्यालय-क्याम्पसको शुल्क भुक्तानी, होटल र रेस्टुराँको बिल भुक्तानीलगायत विभिन्न सुविधा उपभोग गर्न सकिने पनि बैंकले जनाएको छ । पछिल्लो समयमा ई–सेवाले क्युआर कोडमार्फत गरिने भुक्तानीलाई प्रवद्र्धन गरिरहेको पनि स्मरण गरेको छ ।
हाल ई–सेवामा ५५ हजार क्युआर मर्चेन्ट आबद्ध भइसकेका छन् भने क्युआर कोडमा ई–सेवाले आकर्षक क्यासव्याक तथा छुटको व्यवस्थासमेत गरेको छ । अबदेखि नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकले ई–सेवामा पैसा लोड गरी सजिलै क्युआर कोडको सुविधा पनि लिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्