कुमारी बैंकको सी–आस्बा सेवा सञ्चालन

कुमारी बैंकले ग्राहकको सुबिधालाई ध्यानमा राखी धितोपत्र खरिद गर्न सी–आस्बा सेवा सञ्चालनमा ल्याएको छ । सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा अनिवार्य रूपमा सी—आस्बा सेवामार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी, ग्राहक महानुभावहरूलाई समयमै सी—आस्बा रजिष्ट्रेसन नम्बर प्रदान गर्ने उद्देश्यले बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको भन्दै बैंकका ग्राहक महानुभावहरूले बैंकको सम्पूर्ण शाखाहरूबाट सहज रूपमा सी–आस्बा रजिष्ट्रेसन नम्बर लिई सी–आस्बा प्रणालीमार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्ने पनि बताएको छ ।
यो सेवा सञ्चालनमा आएसँगै ग्राहक महानुभावहरूले बैंकबाट सी–आस्बा रजिष्ट्रेसन नम्बर लिई मेरो सेयरमार्फत आफैं अनलाइन आवेदन दिन सकिनेछ साथै अनलाइन आवेदन दिन नसक्नु हुने लगानीकर्ताको हकमा बैंकको कुनैपनि शाखामा गई सी–आस्बा फारमभरि आवेदन बराबरको रकम आफ्नो बंैंक खातामा रोक्का राखी सहज रूपमा यस प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७४ वटा शाखा, ५८ वटा एटीएम तथा २ वटा एक्सटेन्सन काउन्टरद्वारा सेवा दिइरहेको छ । त्यस्तै बैंकले अत्याधुिनक प्रविधियुुक्त इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा तथा भाइबर बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।