Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको काठमाडौंमा दुई नयाँ शाखा विस्तार

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३१ मा शंखमुल शाखा र काठमाडौं महानगरपालिका वडा नं. २९ मा अनामनगर शाखा संचालनमा ल्याएको हो ।

यी दुई शाखाहरु गरि बैंकको शाखा संख्या २६४ पुगेको छ । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए ।

साथै, काठमाडौं उपत्यकामा चाडै नै अरु थप शाखाहरु खोल्ने समेत उनले जानकारी गराए । हाल बैंकको २६४ शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २५५ वटा एटीएम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्