टीसीएलका एस६ एस६२ सिरिजको नयाँमोडल नेपालमा «

टीसीएलका एस६ एस६२ सिरिजको नयाँमोडल नेपालमा

अमेरिकन बजारमा सफलता हात पारेको टीसीएल ब्रान्डले फेरि पनि आफ्नो नयाँ आयाम र उत्पादनहरूको डिजाइन थप्दै नेपाली बजारमा एस६ एस६२ सिरिजका स्मार्ट टिभीहरू ल्याएको छ । स्टाइलिस डिजाइन भएको उक्त टिभीमा ६ जीबी डीडीआर र्याम , क्वाडकोर १ गिगाहर्ज प्रोसेसर जस्ता विशेषता रहेको पनि कम्पनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वकै तेस्रो ठूलो टिभी ब्रान्ड टीसीएलले अमेरिकालगायत, नेपालमा पनि आफ्नो प्रभुत्व जमाउन सफल भएको कम्पनीको दाबी छ । नेपालका लागि टीसीएलको आधिकारिक विक्रेता चौधरी समूहअन्तर्गतको सीजी इलेक्टोनिक्स छ ।

प्रतिक्रिया दिनुहोस्