Logo

आरविवि मर्चेन्ट बैंकिङको सहयोग

काठमाडौं– आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–५ पोखरास्थित इन्द्रधनुष प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

कम्पनीले जाजरकोटमा गएको भूकम्पका कारण विद्यालय भवन क्षतिग्रस्त भएर खुला चौरमा अध्ययन गरिरहेका विद्यार्थीका लागि जाडो याममा न्यानो कपडा वितरण गरेको हो ।

आरविवि मर्चेन्ट बैंकिङ राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो । कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्