कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी
काठमडौं- कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी “छैठौें नेपाल एग्रीटेक” यही २०८० माघ १२, १३ र १४ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने आयोजकले बताएको छ ।
प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने छ । उक्त प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरु रहने छन् ।
प्रर्दशनीमा कृषिका विभिन्न बिषयमा स्वदेशी बिज्ञहरुद्वारा सेमिनार समेत हुने आयोजकको भनाई छ । प्रर्दशनीको कृषि तथा पशुपन्छी विकास मन्त्रि बेदुराम भुसालले माघ १२ गते बिहान ११ः०० बजे उद्घाटन गर्ने छन् । प्रर्दशनीको प्रबद्र्घक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको भूमिकामा मुक्तिनाथ कृषि कम्पनि रहेका छन् ।
प्रर्दशनीको सहयोगीको रुपमा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ रहेको छ । प्रर्दशनी मिडिया स्पेस सोलुसन, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स र प्रदर्शनी तथा व्यापार सेवा भारतको सयुक्त आयोजनामा हुन लागेको हो