हायात र सिटी होटलको सम्झौता
काठमाडौं– हायात होटलस् कोर्परेशन र सिटी होटल लि.ले हायात प्लेस काठमाडौंलाई योजनावद्ध हयात सेन्ट्रिक सोल्टीमोडमा रुपान्तरण गर्ने सम्झौता घोषणा गरेका छन् । पुनर्निर्माण पश्चात् देशको पहिलो हयात सेन्ट्रिक होटलका रुपमा पूर्ण रुपले रिब्राण्ड हुने बताइएको छ ।
पुनर्निर्माण निवनिर्मित प्रवेशद्वार तथा लबि क्षेत्र, अनुपम स्काई बार तथा लाउन्ज, र परिष्कृत सुविधाका साथ हुनेछ । यस रुपान्तरणको हरेक तत्वलाई हायात सेन्ट्रिक ब्राण्डको पूर्णसेवाको जीवन्तता अंगिकार गर्ने गरी विचारपूर्वक तथा ध्यानपूर्वक समेट्ने कम्पनीको दावी छ ।
यात्रुका लागि अन्वेषणलाई प्रेरित गर्ने शहरको केन्द्र नजिकै अवस्थित प्रक्षेपण प्याड, स्वयम्भू महाचैत्य, बौद्धनाथ स्तूप, र पशुपतिनाथ मन्दिर जस्ता युनेस्को विश्व सम्पदा स्थलसमेत अन्य प्रसिद्ध तीर्थस्थलबाट छोटो सवारी दूरीमा रहेको छ ।
‘रणनीतिक रुपमा काठमाडौंको मुटुमा अवस्थित भएकाले, हामी विश्वस्त छौं कि यो होटलले गन्तव्यको समृद्ध इतिहासको जानकारी लिन इच्छुक पाहुनाका लागि स्थानीय सेवा तथा अनुभव प्रदान गर्ने रमणीय गृह आधारको रुपमा सेवा गर्नेछ’ हायातका भारत तथा दक्षिणपश्चिम् एशिया विकासका उपाध्यक्ष ध्रुव राठौरले भने, ‘नेपालमा पहिलो हायात सेन्ट्रिक होटलको सुरुवातले दक्षिणपश्चिम एसियामा हाम्रो पाश्वचित्रलाई थप सुदृढ र यस क्षेत्रलाई हायातको प्राथमिकताको बजारको रुपमा ठोस बनाउनेछ ।’
न्यूयोर्क, म्याड्रिड, मुम्बई, बैंगलोर, टोकियो, हङककङ र शिकागोजस्ता विश्वस्तरीय शहरभर प्रमुख गन्तव्यमा अवस्थित हायात सेन्ट्रिक ब्राण्डलाई ध्यानपूर्वक चहलपहलको केन्द्रमा हुन चाहने सहश्राब्दी–सोच भएका यात्रुलाई लक्षित गर्न, उनीहरुको एक बसाईलाई खोजको अवसरका रुपमा परिणत गर्न डिजाइन गरिएको कम्पनीको भनाइ छ ।