संविधान दिवस भव्यतापूर्वक मनाउँदै नेपाल बैंक «

संविधान दिवस भव्यतापूर्वक मनाउँदै नेपाल बैंक

नेपाल बैंकले संविधान दिवस २०७६ खुला रक्तदान, सार्वजनिक स्थल सरसफाइ, दीपावली, प्रभातफेरी, संविधानविदसँग अन्तरक्रिया तथा नयाँ कर्जा सेवा शुभारम्भलगायतका विविध कार्यक्रमको आयोजना गरी मनाइरहेको जनाएको छ ।
यस सिलसिलामा बैंकद्वारा आयोजित खुला रक्तदान कार्यक्रममा सरिक रक्तदाताहरुलाई बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले एक समारोहकाबीच प्रमाणपत्र प्रदान गरेका थिए ।
उक्त रक्तदान कार्यक्रममा ५० जना महानुभावहरुले रक्तदान गरेको भन्दै बैंकले यसै उपलक्ष्यमा आज (शुक्रबार) बैंकद्वारा काठमाडौं न्युरोडस्थित आफ्नो प्रधान कार्यालय परिसर, भूगोलपार्क तथा त्यस वरपर सरसफाइ, बैंक कर्मचारीको सहभागितामा बाजागाजा तथा राष्ट्रिय झण्डासहित भव्य प्रभातफेरी गरेको थियो । वरिष्ठ संविधानविदसँग नेपालको वर्तमान संविधानबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने पनि जनायो ।

 

प्रतिक्रिया दिनुहोस्