जोय पपैया सन्को ब्रान्ड एम्बेसडरमा अदिती बुढाथोकी

जोय पपैया सन्को ब्रान्ड एम्बेसडरमा अदिती बुढाथोकी
काठमाडौं, ३ फागुन (कास) ‘जोय’ कम्पनीको उत्कृष्ट उत्पादन जोय पपैया सन् डेल्ली नोर्सिङ सनस्क्रिन क्रिमले आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नेपाल तथा भारतमा पनि चर्चित मोडल तथा नायिका अदिती बुढाथोकीलाई ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ । बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त घोषणा सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा नेपालको लागि जोय कम्पनीका एकमात्र अधिकृत विक्रेता एसएम इन्टरप्राइजेजका डाइरेक्टर मनिकर्ण केसी र नायिका अदिती बुढाथोकीले संयुक्त रूपमा हस्ताक्षर गरेका थिए । ब्रान्ड एम्बेसडर बुढाथोकीले पपैयासनमा रहेको पपैयाको पोषणले छालालाई सूर्यको हानिकारक विकिरणबाट जोगाई त्वचामा स्वस्थता प्रदान गर्दै छालालाई चम्किलो बनाउने हुनाले आफूले धेरै वर्षदेखि पपैया सन् प्रयोग गर्दै आएको बताइन् ।