शाश्वत धाममा बसन्त महोत्सव सुरु «

शाश्वत धाममा बसन्त महोत्सव सुरु

नवलपरासीको शाश्वत धाममा ३५ औं बसन्त महोत्सव सुरु भएको छ । धर्मो रक्षति रक्षित (धर्मको रक्षा गरे धर्मले हामलाई रक्षा गर्छ) भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै शाश्वत धाममा बसन्त महोत्सव सुरु भएको हो ।
भारतको राजस्थानस्थित झुन्झुनु मन्दिरमा रहेकी राणीसती जादीजीको मूर्ति ल्याएर यहाको शाश्वत धाममा विधिवत् पूजाअर्चना सुरु गरिएको हो । यसलाई विभिन्न स्थानमा उत्सवका रूपमा मनाउने प्रचलनअनुसार यो वर्ष शाश्वत धाममा महोत्सवका रूपमा मनाइने भएको हो । बिहीबार बिहान भरतपुरबाट गैंडाकोटसम्म बिभिन्न झाँकी, बाजागाजा हात्ती, घोडासहितको कलश यात्रा गैडाकोटसम्म आएको थियो । कलश यात्रामा राणीसतीजीका अनुयायी र सर्वसाधारणको सहभागिता थियो । महोत्सवका लागि २ हजार भारतीय भत्तजनहरू आएका थिए भने त्यतिकै संख्यामा नेपालीहरूको पनि सहभागिता थियो ।
शास्वत धाममा सुरु २ दिने मनाइएको बसन्त महोत्सवमा राणीसतीका अनुयायीहरूले आ–आप्mनो क्षेत्रका सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । शाश्वत धामसँग पशुपतिनाथ, आर्ट अफ लिभिङ बेंगलोर, कान्चिकामा कोटीसँग धार्मिक एवं सास्कृतिक सम्बन्ध स्थापित भइसकेको छ । बसन्त महोत्सवपछि राणीसतीजी मन्दिरसँग पनि यो सम्बन्ध स्थापित भएको छ । शाश्वत धामले आगामी दिनहरूमा विश्वका सनातनधर्मसँग सम्बन्धित विख्यात संस्थाहरूसँग धार्मिक एवं सामाजिक सम्बन्ध स्थापित गर्दै जाने निति लिएको छ ।
शाश्वत धाममा सुरु भएको बसन्त महोत्सवमा बोल्दै शाश्वत धामका फाउन्डिङ टस्टी बिनोद चौधरीले यस्तो महोत्सव गर्न पाउँदा मलाई खुसी लागेको र आगामी दिनमा पनि यस्ता कार्यक्तमलाई प्राथमिकता दिँदै जाने बताए । उनले यस्ता सांस्कृतिक कार्यक्रमले द्विपक्षीय हित संस्कृति सम्बन्ध सम्बर्धनमा महत्वपूर्ण भूमिका खेल्ने चर्चा गरे । सनातन धर्ममा विश्वास राख्नेहरूका लागि यस्तो कार्यक्रमले नजिक्याउने वातावरण बनाउन सघाउने विश्वास व्यक्त गरे ।
बसन्त महोत्सवका संयोजक रमेशकुमार पतोदियाले नेपालमा तेस्रो पटक बसन्त महोत्सव गर्न पाउँदा सबै भारतीयहरू खुसी भएको बताए । उनले यसअघि नेपालकै वीरगन्ज (१९९५) र काठमाडौंमा (२००६) यस्तै बसन्त महोत्सव सम्पन्न गरिसकिएको जानकारी दिए । शाश्वतधाम जस्तो पवित्र भूमिमा बसन्त महोत्सव आयोजना हुनु नेपाल र भारतीयहरूका लागि अत्यन्त सुखद भएको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्