स्वतन्त्र निर्माण कालीगढ संघको दोस्रो साधारणसभा सम्पन्न «

स्वतन्त्र निर्माण कालीगढ संघको दोस्रो साधारणसभा सम्पन्न

स्वतन्त्र निर्माण कालीगढ संघको सोमबार दोस्रो साधारणसभा संघको अध्यक्ष रामशरण बरुवालको अध्यक्षतामा सम्पन्न गरिएको जनाएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि जगदम्बा स्टिल्स प्रालिका म्यानेजर पदम प्रसाईंले ग्रहण गरेका थिए ।
उक्त संघका सचिव रामकृष्ण  बखुन्डेले प्रगति प्रतिवेदन पेस गरेका थिए । त्यस्तै संघका कोषाध्यक्ष सत्यराम सुकभडले आर्थिक प्रतिवेदन पेश गरे । जगदम्बा स्टिल्सका म्यानेजर सुदिन मानन्धरले राइनो ५०० डीको बारेमा जानकारी गराएका थिए । इन्द्रायणी हार्डवेयरका गोपाल स्याभा तथा संघका सदस्य कृष्णप्रसाद कर्माचार्यले समेत बोलेका थिए । भक्तपुर हार्डवेयर, ख्वपमिनी हार्डवेयर, रिद्धिसिद्धि सिमेन्टका प्रतिनिधिको समेत उपस्थिति रहेको सो कार्यक्रममा संघका सदस्यहरूको पनि व्यापक सहभागिता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्