स्थानीय तहमा पर्यटन बहस

पर्यटन विकासमा स्थानीय तह केन्द्रित बहस थालिएको छ । यहाँको शान्तिनगर र बबई गाउँपालिकामा पर्यटन क्षेत्रको विकासमा छलफल भएको छ । स्थानीय स्तरमा धेरै पर्यटकीय क्षेत्र भएको, ती क्षेत्रको प्रवद्र्धन, संरक्षण र प्रचार गर्न सकेमा पर्यटनको विकास गर्न धेरै सम्भावना भएकाले अव स्थानीय तहमा पर्यटन क्षेत्रको प्रचार र लगानीको वातावरण निर्माण आवश्यक भएको स्थानीय तहले बताएका छन् ।
संस्कृति संरक्षण पर्यटन प्रवद्र्धन समिति दाङले स्थानीय तहमा पर्यटन क्षेत्रको विकासमा टेवा पु¥याउनका लागि दुइटा गाउँपालिकामा छलफलसमेत गरेको छ । “स्थानीय तह आफैं सरकार भएकाले योजना बनाएर पर्यटन प्रवद्र्धनमा काम गर्न सक्छन्,” जिल्ला समन्वय समितिका उप प्रमुख श्रीधर शर्मा पौडेलले भने, “त्यसको लागि स्थानीय तहले योजना बनाएर अब कामको सुरुवात गर्नुपर्छ ।” जिल्ला संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन समिति दाङका सदस्य सचिव डा. गोविन्द आचार्यले स्थानीय तहमा पर्यटन क्षेत्रमा लगानीको वातावरण निर्माण गर्नका लागि स्थानीय तहमा पर्यटन प्रवद्र्धन समिति आवश्यक भएको भन्दै समिति गठन गरेर काम गर्न सुझाव दिए । उनका अनुसार समितिले जिल्लाका १० वटै स्थानीयतहमा सहजीकरण र समन्वयको काम थालेको बताए ।
“पर्यटन क्षेत्रको विकासको महत्व र समिति गठनमा सहजिकरणको काम सुरुवात गरेका छौं,” सदस्य सचिव डा. आचार्यले भने, “यो कार्यले स्थानीयतहलाई काम गर्न सघाउनेछ ।” बबई गाउँपालिकामा भएको छलफलमा जिल्ला समन्वय समिति दाङका उपप्रमुख शर्माले पर्यटन क्षेत्रको विकासले स्थानीय तहमा आर्थिक विकास हुने भएको भन्दै त्यो क्षेत्रमा पनि बजेट विनियोजन गरेर काम गर्न सुझाव दिएका थिए । बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले गाउँपालिका क्षेत्रमा भएका पर्यटकीय क्षेत्रको विकासका लागि योजना बनाएर काम अघि बढाएको बताए । “गाउँपालिका धेरै पर्यटकीय क्षेत्र छन् । अब गाउँपालिकाले योजना बनाएर काम गर्ने छ,” उनले भने, “त्यसका लागि अब छिट्टै सबैसँग छलफल गरेर काम हुन्छ ।” कार्यक्रममा समितिका सदस्य सचिव डा. आचार्यले सस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका गठनका बारेमा सहजीकरण गरेका थिए । शान्ति नगरमा भएको छलफलमा गाउँपालिकाका अध्यक्ष कमानसिंङ डाँगीले भौतिक विकाससँगै पर्यटन क्षेत्रको विकास पनि आवश्यक भएको भन्दै गाउँपालिकाले त्योअनुसार काम थाल्ने बताए ।
–अमरराज आचार्य