Logo

हानेदा विमानस्थलमा भएको विमान आगलागीमा पाँच जनाको मृत्यु

काठमाडौं- जापानको हानेदा विमानस्थलमा भएको विमान आगलागीको घटनामा पाँच जनाको मृत्यु भएको छ ।

जापान एयरलायन्सको जहाज अवतरण गर्ने क्रममा मंगलबार कोस्ट गार्डको विमानसँग ठोक्किँदा आगलागी भएको थियो । जापान एयरलायन्सका ३७९ यात्रु सकुशल रहे पनि कोस्ट गार्ड विमानमा सवार ५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

जापान एयरलायन्सका १७ जना यात्रु सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्