Logo

एभरेष्ट बैंक र एएसजी आइकेयरबीच सम्झौता

काठमाडौं– एभरेष्ट बैंक लिमिटेड र एएसजी आइ केयर हेल्थ सभिसबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो सँगै बैंकका सम्पूर्ण ग्राहकले नयाँ बानेश्वरमा रहेको अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको छुट पाउने छन् ।

सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ताका साथै कर्मचारी तथा तिनका पारिवारिक सदस्यले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेत दश प्रतिशतसम्मको छुट पाउने बताइएको छ । साथै पहिलो पटक रजिष्ट्रेशन तथा ओपिडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिनभित्रको फलो अप समेत निःशुल्क हुनेछ ।

सम्झौता समारोहमा बैंकका नायब महाप्रबन्धक गौरव कुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवर्द्धन प्रबन्धक सञ्जीवकुमार ठाकुरको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्