Logo

लगातार चौथो दिन पनि घट्यो शेयर बजार

काठमाडौं- शेयर बजार आज (बिहीबार) पनि घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ९३ अंकले घटेर दुई हजार ६८ दशमलव ९० विन्दुमा झरेको हाे ।

आज होटल, लगानी, उत्पादन, म्यचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूहको शेयर सामान्य बढेको छ, अरू समूहको शेयर सामान्य ओरालो लागेको छ । आज सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्त र धौलागिरि लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटे पनि आज भिजन लुम्बिनी ऊर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, मनकामना इन्जिनियरिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

एक करोड ६८ लाख कित्ता शेयर चार अर्ब २९ करोड नौ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको १४ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्