शब्द–रहरमा सुनिए श्रेष्ठ «

शब्द–रहरमा सुनिए श्रेष्ठ

शब्द–रहर साहित्य अभियानको ५२ औं श्रृंखलामा तनहुँका कवि अनिल श्रेष्ठ अतिथी कविका रुपमा सुनिएका छन् । काठमाडौंको गोङ्गबुस्थित दीपज्योति माध्यमिक विद्यालयमा शनिबार आयोजित कार्यक्रममा कवि श्रेष्ठले एक दर्जन कविता वाचन गरेका थिए । उनले म कुँडुलेटार, कोटगारलगायतका कविता वाचन गरेका थिए ।
गद्य कवि श्रेष्ठ कवितामार्फत् अन्याय, अत्याचार, व्यभिचारलगायतका सामाजिक विकृति र विसंगति विरुद्ध बिम्बको प्रयोग गर्दै साहित्य रचना गर्न खप्पिस छन् । २०४० को दशकदेखि साहित्य सिर्जनामा लागेका उनका एक दर्जन कृतिहरु प्रकाशित छन् ।
शब्द–रहरको ५२ औं श्रृंखलामा अन्य कविहरुले पनि रचना सुनाएका थिए । सर्जकहरुले गद्य र पद्य कविताहरु, गीत, गजल र मुक्तक सुनाएका थिए । कार्यक्रमका प्रमुख अतिथी कवि श्रीहरि अर्यालले रचना वाचन गर्ने यस्ता श्रृखंलाले साहित्य विकास र प्रबद्र्धनमा योगदान दिने बताए ।

प्रतिक्रिया दिनुहोस्