सडक महोत्सवमा ५ लाख पर्यटक भित्र्याउने तयारी

पोखरा- अफ्सिजनमा कुनै समय पोखराका पर्यटन व्यवसायीहरु हुलका हुलभई भारतको गोवालगायतका स्थानमा क्रिसमश र अग्रेंजी नयाँ वर्ष मनाउने पुग्ने गर्दथे । अफ्सिजनमा पोखराको पर्यटन प्रवर्द्धन गर्न गणेशबहादुर भट्टराईले नेतृत्वमा विगत २५ वर्षअघि सुरू भएको पोखरा सडक महोत्सव अहिले नेपालकै ब्राण्ड बनेको छ ।
मेला महोत्सवको सायद सुदुरपश्चिम महोत्सव पछिको धेरै दर्शक वा पर्यटक भित्रिने महोत्सवको रुपमा स्थापित हुँदै आएको पोखरा सडक महोत्सव पोखराको मुख्य पर्यटकीय स्थल फेवाताल किनारा क्षेत्रको लेकसाइडमा उक्त महोत्सवको तयारी गरिएको छ । उक्त महोत्सव करिब ३ कलिोमिटर खुल्ला सडकमै रेष्टुरेण्टको चुल्हो पेटि नजिक ल्याउँदै सडकमै हिड्दैं गरेका पर्यटकहरुलाई हरेक रेष्टुरेण्टले फरक फरक ढंगले पर्यटकहरुलाई आकर्षण गर्न विभिन्न थरिका परिकार पस्कने गर्दछन् ।
अंग्रेजी नयाँ वर्षको अवसरमा यही पुष १२ गतेदेखि १६ सम्म पोखराको लेकसाइडमा आयोजना हुने उक्त महोत्सवमा करिब ५ लाख आन्तरिक तथा बाह्यि पर्यटक भित्राउने रेवान पोखराले तयारी गरेको छ । २५औं संस्करणको पोखरा सडक महोत्सव २०८० मा यसपाली २५ थरिका खानाका परिकार पस्कने तयारी भएको रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराका अध्यक्ष नरेस भट्टराईले बताए । महोत्सवमा चाइनिज, इण्डियन, नेपालीमा थकालीदेखि विभिन्न खानाका परिकारहरु उपलब्ध गराइने भएको रेवान पोखराले जनाएको छ ।
पोखराको यसपालीको महोत्सव अन्य महोत्सव भन्दा केही फरक ढंगले आयोजना गर्न लागेको उनले जनाए । स्थानीय किसानले उत्पादन गरेका वस्तुको बिक्री वितरणको लागि सहज पहुँच पुर्याउने गरी निःशुल्क स्टलको व्यवस्था गरिएको संयोजक पौडेलले बताए । डिसेम्बर २५ अर्थात् क्रिसमस डेको अवसरबाटै पोखरामा पर्यटकहरुको चहल पहल सुरु भएको संस्थाका प्रथम उपाध्यक्ष एवं महोत्सव संयोजक विश्वराज पौडेलले बताए ।
महोत्सवलाई भव्य रुपमा सफल पार्न हाल पोखराको करिब ३ किलोमिटर क्षेत्रमा रंगरोगन, धोजा पोतकाले सजिसजावट समेत गरिएको छ । रेवान पोखराले हरेक व्यावसायी प्रतिष्ठानका गेट अगाडि सरसफाईसहित सके आफैंले अन्यथा अरुलाई भाडामा बिक्री नगर्न आग्रह गरेको छ । यसपालिको सडक महोत्सवमा स्थानीय उत्पादन भएका कृषिजन्यदेखि हस्तकलाका सामाग्रीहरुको समेत आफूहरुले निःशुल्क स्टल उपलब्ध गराएको संयोजक पौडेलले बताए ।
यही पुष १२ गते देखि सञ्चालन हुने महोत्सवमा कला संस्कृति झल्कने विभिन्न जनजातिको भेषभुषासहितको झाक्री विभिन्न खेलकुद कार्यक्रम, गित संगित तथा कला क्षेत्रलाई उच्च प्रथामिकता दिएको अध्यक्ष भट्टराईले बताए । त्यस्तै महोत्सवको प्रोमोशनको लागि रेवान पोखराले चितवन र काठमाडौंसम्म पुगेर व्यवसायीहरुसंग छलफल तथा पत्रकार सम्मेलन समेत गरेको प्रचारप्रसार संयोजक बिकास भट्टराईले बताए ।
‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मुल नारा सहित उक्त महोत्सव लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा सञ्चानल हुँदै आएको छ । महोत्सवमा सिन्धुलीको नौमती बाजा, मयूर डान्स, रत्यौली प्रतियोगिता हुने भएको छ । साथै महोत्सवमा साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, बोट रेस, राष्ट्रिय भलिवल प्रतियोगिता, वेटर रेस, टग अफ वार तथा पोखराका प्रमुख गन्तव्यसहितको डकुमेन्टी प्रदर्शन गरिने भएको पूर्वअध्यक्ष चौंबहादुर गुरुङ्खले बताए ।
पोखरा क्षेत्रका विभिन्न स्थानबाट उक्त महोत्सवमा आगन्तुहरुको लागि यातायातको व्यवस्था मिलाएको रेवान पोखराले जनाएको छ । महोत्सवमा शान्ति सुरक्षाको व्यवस्थालाई समेत मध्यनजर गरी सीसी क्यामरासहित स्वयम सेवक तथा प्रहरीहरु खटिने भएको रेवान पोखराले जनाएको छ । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालकै स्थापित ब्राण्डीङ भएको दाबी गरे । यस महोत्सवमा ५ लाख आन्तरिक तथा बाह्यि पर्यटक भित्र्याउने लक्ष्य राखिएको उनले जनाए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नवीन पोखरेलले २०१९ मा १२ लाख पर्यटक भित्रीएको अवस्थामा यस वर्ष साँढे ९ लाख बढी आएकोले यसवर्ष पर्यटनमा सुधार हुँदै आएको दाबी गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले उक्त महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
महोत्सवको अवसरमा होटल तथा रेष्टुरेण्टले चर्को मूल्य लिएमा कारवाही गर्ने रेवानले चेतावनी दिएको छ । पश्चिम नेपालमा हालै आयोजना भएको जाउ है पोखरा अभियानले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न टेवा पुगेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । उक्त महोत्सवमा पश्चिम नेपालबाट आएका पत्रकार तथा संस्थागत पर्यटन व्यवसायीहरुलाई आवासीयसहितको व्यबस्था मिलाउने उनले जनाए ।