बेलायतमा ५६ करोडको सुनको कमोट चोरियो «

बेलायतमा ५६ करोडको सुनको कमोट चोरियो

लन्डन-बेलायतको अक्सफोर्डशायरका ब्लेनहेम प्यालेसमा रहेको सुनको शौचालय चोरी भएको छ । १८ क्यारेटबाट बनेको यसको मूल्य ५० लाख डलर अर्थात ५६ करोड रुपैयाँ पर्छ । यो शौचालयलाई आर्ट प्रदर्शनीमा राखिएको थियो । यो शौचालय कसले चो-यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
अमेरिकाको नामबाट चिनिदै आएको यो शौचालयलाई सबैभन्दा पहिले न्यूयोर्क सहरमा २०१६ मा गगेनहाइममा प्रदर्शित गरिएको थियो । ब्लेनहाइम प्यालेसमा यो शौचालयलाई चर्चिलको जन्म भएको कोठा नजिकै राखिएको थियो ।
यो प्रदर्शनी इटालीका कलाकार म्यारिजियो कटलानले गरेको अक्सफोर्डशायर प्रहरीले जनाएको छ । प्रदर्शनी आयोजना भएको स्थान लन्डनबाट करिब ९० किमीको दुरीमा रहेको थियो । प्यालेसमा भएको प्रदर्शनी २ दिन अगाडि सर्वसाधारणका लागि खोलिएको थियो ।
प्रहरीलाई शनिबार बिहान ४.५७ बजे शौचालयको चोरी भएको सूचना मिलेको थियो । अधिकारी तत्काल उक्त स्थानमा पुगेका थिए । उनीहरुको सुरुवाती जाँचपछि चोरले घटना घटाएर त्याहाँबाट फरार भएको थियो । प्रहरीले ६६ वर्षका एक व्यक्तिलाई गिरफ्तार गरेको छ ।
अधिकारीका अनुसार चोरी भएको शौचालयको हालसम्म पनि कुनै जानकारी प्राप्त भएको छैन । यो शौचालय खोज्ने र अपराधीलाई गिरफ्तार गर्ने प्रयास भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्