कम्युनिष्टको एजेण्डा बोक्ने कांग्रेस विकल्प हुन सक्दैन : कमल थापा «

कम्युनिष्टको एजेण्डा बोक्ने कांग्रेस विकल्प हुन सक्दैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्टको एजेण्डा बोक्ने कांग्रेस मुलुकको विकल्प बन्न नसक्ने बताएका छन् । पार्टीको काठमाडौँ  जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले असफल नीति र असफल बाटोमा परिवर्तन आवश्यक भएको चर्चा गर्दै पार्टी र व्यक्ति परिवर्तन होइन, नीति र बाटो परिवर्तन जरुरी भएको विचार व्यक्त गरे ।
२०६२-०६३ को आन्दोलन राजा र आन्दोलनकारी शक्तिबीच सम्झौता भएर टुङ्गिएको भन्दै थापाले २०४७ को संविधानमा टेकेर संविधानसभाको निर्वाचन हुने र त्यो संविधानसभाले संविधान निर्माण गर्ने सहमति विपरीत संविधानसभाको निर्वाचन अगावै धर्म निरपेक्षता लादिएकोप्रति आपत्ति प्रकट गरे । सहमति विपरित दलहरुले देश, जनता र राजालाई धोका भएको थापाको भनाइ थियो ।
अहिले लथालिंग अवस्थाबाट मुलुकलाई मुक्ति दिनको निमित्त नयाँ विकल्पमा जानुपर्ने भन्दै थापाले विचार, बाटो र संगठनको दृष्टिकोणबाट राप्रपा त्यो शक्ति बन्ने दाबी गरे । फरकफरक विचारले प्रजातन्त्रलाई मजबुत बनाउने भन्दै उनले राप्रपा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्