भारतीय हाइटेकमा २१ अर्ब डलरको लगानी सम्भावना «

भारतीय हाइटेकमा २१ अर्ब डलरको लगानी सम्भावना

भारतको हाइटेक क्षेत्रमा आगामी ५ वर्षमा २१ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्न सकिने देखिएको छ । यसले लाखौं रोजगार सिर्जना गर्न सकिने अमेरिका व्यवसाय एड्भोकेसी ग्रुपले जनाएको छ ।
अमेरिका भारत रणनीतिक साझेदारी मञ्चले ‘हाइटेक म्यानुफ्याक्चरिङ इन इन्डिया’ शीर्षकमा गरेको हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा यस्तो जनाइएको छ । भारत सरकारलाई बुझाइएको सो प्रतिवेदनमा हाइटेकले ५ लाख ५० हजार प्रत्यक्ष रोजगारी र १४ लाख अप्रत्यक्ष रोजगारी आगामी ५ वर्षमा हुने उल्लेख छ ।
अमेरिकी कम्पनीहरूले भारतको हाइटेक क्षेत्रमा लगानी गर्न इच्छुक रहेको देखिएको छ । इलेक्ट्रोनिक्स, हवाई क्षेत्र र चिकित्सा क्षेत्रको डिभाइस बनाउने क्षेत्रमा लगानी लगाउन विभिन्न किसिमका वैश्विक बहुराष्ट्रिय कम्पनीहरू इच्छुक रहेका छन् । भारतको यो क्षेत्रले विश्व उत्पादनको ३ प्रतिशतजति हिस्सा ओगटेको छ ।

प्रतिक्रिया दिनुहोस्