Logo

२५ अर्ब तान्दै केन्द्रीय बैंक

काठमाडौं– प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले शुक्रबारफेरि बैंकहरुबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले एक महिनामा १३ औं पटक निक्षेप संकलन बोलकोबलमार्फत पैसा तान्न लागेको हो ।

राष्ट्र बैंकले शुक्रबार २५ अर्ब रुपैयाँ तरलता तान्न लागेको हो । बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल एक हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले निक्षेप संकलन गर्छ ।

बोलकबोल नगरिकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि छ । तर पछिल्लो समय केन्द्रीय बैंकले बोलकोबलबाटै पैसा तानिरहेको छ । शुक्रबार गर्न लागेको निक्षेप संकलन बोलकबोल १४ दिन अवधिको हो । उसले सात दिनको पनि गर्दै आएको छ । चालु आर्थिक वर्ष मंसिर ६ गतेदेखि निक्षेप संकलन गर्दै आएको छ । यसबीचमा शुक्रबारसमेत गरेर १३ औं पटक संकलन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्