‘साओमी ए ३’ नेपाली बजारमा «

‘साओमी ए ३’ नेपाली बजारमा

चीनियाँ ब्रान्ड साओमीले एन्ड्रोइड ए ३ नेपालमा सार्वजनिक गरको छ । गुगलको वान–पावर्ड फोनको लाइनअपमा विश्वकै उच्चतम रिजोलुसन क्यामेरा सेटअप भएको स्मार्टफोनको रुपमा ए ३ बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
यसअघि एमआइको एन्ड्रोइड वान भर्सनको एवान र एटु बजारमा आइसकेका छन् । क्वालकम स्न्यापड्रेगन ६६५ चिपसेट, एमलोइड सुपर डिसप्ले, ४०३० एमएएच ब्याट्री, ४८ मेगापिक्सेल सहितको ट्रीपल क्यामेरा सेटअप र इन–स्क्रिन फिङगरप्रिन्ट स्क्यान लगाएत यो फोनको मुख्य विशेषता हुन् । फोनमा गुगलको एन्ड्रोइड ९ पाई सफ्टवयर छ ।
कम्पनीले ए ३ को सुरुवाती मूल्य २३ हजार ९९९ तोकेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले एमआई ए३ मा थुप्रै नविनतम विशेषताहरु हरकाले उपभोक्ता लाभान्वित हुने बताए । “एमआइ ए३ मा मा ४८ एमपी भएको आइएमएक्स ५८६ सेन्सर सहितको त्रिपल क्यामरा छ र वान ह्यान्डेड प्रयोगका लागि सुन्दर डिजाइन रहेको छ,” उनले भने, “हाम्रो एमआई फ्यान तथा नेपालका प्रयोगकर्ताहरुले यो नयाँ एमआइ ए ३ ले अद्भुत अनुभव प्रदान गर्नेछ भन्ने पक्षमा हामी सकारात्मक छौं ।” गुगलका पार्टनर प्रोगामका निर्देशक जोन गोल्डले शाओमीसँग पार्टनरसीप गरेर यस वर्ष एन्ड्रोइड वान पोर्टफोलियोमा अर्को उत्कृष्टि उपकरण थप्न पाउदा निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।
एमआई ए३ काइन्ड अफ ग्रे, नट जस्ट ब्लु र मोर देन ह्वाइट गरि तीन प्रकारको रंगमा उपलब्ध हुनेछ । यसको ४ जीबी ¥याम र ६४ जीबी स्टोरेज भेरियन्ट २३ हाजर ९९९ पर्नेछ भने ६ जीबी÷१२८ जीबी २७ हजार ९९९ पर्नेछ । सेप्टेम्बर ११ बाट डराज डटकममा उपलब्ध हुने स्मार्टफोन अफलाइन स्टोरहरुमा पनि उपलब्ध हुनेछन् । सबै एकाईहरुमा बक्स भित्र फ्रि केस पनि उपलब्ध हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्