डकर्मी तालिम लिन पाउँदा खुसी

शीतगंगा नगरपालिका–२ सितापुरका १९ वर्षीय भविशवर गन्दर्भ युवाअवस्थामै डकर्मी पेशामा लागे । उनले अहिलेसम्म डकर्मीको काम गर्न तालिम लिएका थिएनन् । पहिलोपटक भूकम्प मापदण्डअनुसार घर निमार्णका लागि घरेलु तथा साना उद्योग विकास समिति अर्घाखाँचीले दिएको ७ दिने डकर्मी रिफ्रेसर तालिममा निकै चनाखोपूर्वक तालिम लिए ।
मैले अहिलेसम्म कहीँ तालिम दिएको थिइन, साथीहरूको सहयोगमा डकर्मीको काम गर्न हिँड्थे गाउँमा तालिम लिएपछि भूकम्पप्रतिरोधी घर बनाउन तालिममा सिक्ने अवसर पाएको भन्दै उनी भए । तालिम महत्वपूर्ण लागेपछि सबै घरको काम छोडेर बिहान १ घण्टा ३० मिनेर घरबाटै ७ दिनसम्म हिँडेर तालिम लिन ठाडा आएँ गन्दर्भ भन्छन्, अहिले मासिक ७ सय ज्याला लिने गरेको छु, बिहान घरबाट खाना खाएर बेलुका तालिम सकेर घर खाना खान जाने उनले भने, “विदेशिनुभन्दा गाउँमै सीप हुने हो भने खाली बस्नु पर्दैन ।” चोरेर खाने होइन गरेर खान आफ्नै गाउँमा ठीक हुन्छ ।
शीतगंगा नगरपालिका–९ सिद्धाराबाट तालिम लिन आएका रामबहादुर घर्ती तालिमभन्दा महत्वपूर्ण तालिमबाट पाएको प्रमाणपत्र हो, हामी परम्परागत डिजाइनमा घर बनाउँथ्यौ । “अहिले धेरै नयाँ डिजाइनहरू सिक्न पाइयो, अब गाउँमा गएर ममात्र होइन अन्यलाई पनि आफूले तालिममा सिकेको सिकाउँछु, अहिले दैनिक ८ सय ज्याला लिने गरेको छु, ज्यालासँगै ठेक्कामा पनि काम गछांै,” घर्तीले भने ।
नगरपालिकाको वडा नम्बर १४ करेचुलीबाट ३ सय भाडा तिरेर धनबहादुर पाण्डे तालिम लिन ठाडा आए । मैले दैनिक ५ सय ज्याला लिने गरेको छु, तालिम लिनभन्दा अगाडि मैले केही सिकेको रहेनछु, अब तालिमपश्चात धेरै कुरा जान्न र सिक्न पाएँ, गाउँमा यसैअनुसार भूकम्प प्रतिरोधात्मक घर बनाउन लाग्छु ।
सिद्धाराका शोभाकान्त आले भन्छन्, “हामी ५० जनाले तालिम लिएपछि अब गएर १ हजार जनालाई सिकाउने जिम्मा हाम्रो हो, अनुशासित भएर सिकेको कुरा अन्य डकर्मीलाई पनि सिकाउँछु,” उनले भने । उनीहरूजस्तै ५० जनाले तालिम लिएका थिए ।
माघ १९ देखि २६ गतेसम्म चलेको तालिमको समापनमा नगरप्रमुख सूर्यप्रसाद अधिकारीले डकर्मी तालिम महत्वपूर्ण रहेकाले सिकेको कुरा गाउँमा लगेर अन्य डकर्मीलाई सिकाउन आग्रह गर्दै डकर्मी तालिम लिएकाले राम्रोसँग भूकम्परहित घर बनाउनु पर्छ, मिहिनेत र परिश्रम गरेर कमाएको पैसा थोरै खर्च गरेर बचाउन सिक्नुपर्छ । घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख कमलसुतार कार्कीले काम गर्दा मदिरा सेवन नगरी राम्रो काम गर्न आग्रह गर्दै जिल्लाभर भूकम्परहित घर बनाउने ३ सय जनालाई प्रमाणपत्र वितरण गरेको बताए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोग तथा जिल्ला घरेलु विकास समितिको आयोजनामा सम्पन्न भएको थियो ।
–घनश्याम पौडेल