कर कार्यालय स्थापना गर्न माग «

कर कार्यालय स्थापना गर्न माग

दोलखा-कर बुझाउन र व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिन झण्झटिलो भएको भन्दै दोलखाका सरोकारवालाहरुले आन्तरिक राजश्व कार्यालयको माग गरेका छन् । जिल्ला संवाद समूह र जिल्ला समन्वय समिति दोलखाले चरिकोटमा आयोजना गरेको व्यक्तिगत पान कार्ड विषयक संंवाद कार्यक्रममा सरोकारवालाहरुले कर बुझाउन सहज हुने गरी तत्काल कार्यालय स्थापना गर्नुपर्ने माग गरेका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले आन्तरिक राजश्व कार्यालयको कार्यालय वा सेवा केन्द्र तत्काल राख्नका लागि अर्थ मन्त्रालयसम्म पुग्ने बताए । ‘दोलखामा आर्थिक गतिविधि बढ्दै छ, करदाताहरु पनि बढ्दै गएको बेला राज्य सञ्चालनका लागि आवश्यक राजश्व तिर्न करदातालाई पनि सहज बनाउन आवश्यक छ ।’ उनले भने ।
सरकारले चालु आर्थिक वर्षदेखि तलब भत्ता लिने व्यक्तिका लागि स्थायी लेखा नम्बर अनिवार्य गरेको छ । दोलखाबाट स्थायी नम्बर र कर बुझाउन काभ्रको धुलिखेल पुग्नु पर्छ । धुलिखेलमा अत्याधिक भीड हुने र व्यक्तिगत पान लिन र कर बुझाउन समेत झण्झटिलो भएकाले सेवा केन्द्र भए तापनि जिल्लास्तरमै हुनु पर्नेमा व्यवसायीहरुको माग छ ।
व्यवसायी सुरेश उप्रेतीले विगतमा करका कर्मचारी आउँदा बजारमा आतंकै हुने गरेकामा कर कार्यालयका कर्मचारी आउँदा सहयोगी भएर आउनु पर्नेमा जोड दिए ।
कर बुझाउँन जाँदा पनि आर्थिक चलखेल हुने भएकाले त्यसलाई सरकारले व्यवस्थान गर्न ध्यान दिनुपर्ने बताए । सरकार सुशासनको नारा लगाउने तर कर तिर्न जाँदा अतिरिक्त शुल्क विना कामै नहुने परम्परा तोड्नु पर्ने व्यवसायीहरुको माग छ ।
दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले व्यवसायीक पान उद्योग वाणिज्य संघमार्फत वितरण र कर बुझाउन सहजीकरण गर्दै आएपनि व्यक्तिगत पानका लागि पनि जिम्मेवारी पाए सहयोग गर्ने बताए । हाम्रो जनकल्याण साकोसका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले व्यक्तिगत पान अनलाइन भरेर रुजु गर्न जानुपर्ने व्यवस्था भएपनि कार्यालयमा झण्झटिलो भएको बताए ।
ाीय संवाद समूहका संयोजक राजेन्द्र मानन्धरले व्यक्तिगत पानका बारेमा गुनासो बढी आएकाले त्यसको सहजीकरणका लागि संवाद आयोजना गरेको जानकारी दिए । खुशी भएर कर तिर्ने वातावरण निर्माण गर्न सबै तहका सरकारहरु सक्रिय हुनु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्