सेञ्चुरी कमर्सियल बैंकद्वारा कम्प्युटर हस्तान्तरण «

सेञ्चुरी कमर्सियल बैंकद्वारा कम्प्युटर हस्तान्तरण

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी, ललितपुरस्थित दृष्टिविहिन सहयोग केन्द्र नेपाललाई दृष्टिविहिन विद्यार्थीहरुको अध्ययनमा सहज पहुंच पुगोस भन्ने उद्दश्यले २ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।
उक्त कम्प्युटर बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले दृष्टिविहिन सहयोग केन्द्र नेपालका अध्यक्ष राजेन्द्र दुलाल क्षेत्रीलाई हस्तान्तरण गरे । हस्तान्तरण समारोहमा बैंकका वरिष्ठ पद्धाधिकारीहरुको उपस्थिती थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्