भायनेटको दशै तिहार टिभीको उपहार «

भायनेटको दशै तिहार टिभीको उपहार

भायनेट कम्युनिकेसन्स्ले विहीबारदेखि दशै र तिहारलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि “भायनेट दशै तिहार टिभीको उपहार” नामक नयाँ अफर ल्याएको छ । अफर अन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएको नेट टीभीकोसाथ स्काइवर्थको ३२ र ४० इन्च टि.भि भारी छुटमा प्राप्तगर्न सक्ने जनाएको छ ।
विगत १९ वर्षदेखि भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमाब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदानगर्नमा सधैं अगाडी रहिआएको दावी गर्दै कम्पनीले आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै हाल बिराटजगर, ईटहरी, बीरगंज, हेटौडा, टाँडी, नारायणगढ, बुटवल, भैरहवा, धनगढी, धडेलधुरा, बनेपामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टि.भिसेवा सुचारु गरेको पनि जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्