उद्योग वाणिज्य संघद्वारा वाणिज्य बैंकसँग अन्तरक्रिया «

उद्योग वाणिज्य संघद्वारा वाणिज्य बैंकसँग अन्तरक्रिया

संखुवासभा उद्योग वाणिज्य संघले संखुवासभामा रहेका बैंक तथा वित्तीय संघसंस्थासंग छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
बिहिबार संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्यको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्लास्थीत १२ वटा बैंकका प्रवन्धक, संघका पदाधिकारी र स्थानीय ब्यवसायीहरुको उपस्थीतिमा सरकारले लागु गरेको नयाँ कर निती र बैंकिङ सेवाका बिबिध सवालमा अन्तरक्रिया तथा छलफल गरिएको हो ।
संघका अध्यक्ष शाक्यले ब्यवसायीहरुले भोगिरहेका समस्या, बैंकहरुले सेवाग्राही ब्यापारीहरुलाई प्रबाह गरिरहेको सेवासुबिधाका बारेमा जानकारी लिएका थिए । ब्यापारमा मन्दी छाईरहेको र नयाँ कर नितिका बारेमा आवश्यक जानकारीको कमि रहेका कारण करनिती लगायत बैंकले प्रवाह गरिरहेको सेवा सम्वन्धमा जानकारी हाँसिल गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको अध्यक्ष शाक्यले बताए । उनले पछिल्लो करका बिभिन्न प्रावधानका कारण बैङ्किङ कारोबार गर्न अप्ठेरो परेको भन्दै करनिती ब्यवसायी मैत्री हुनुपर्नेमा जोड दिए । कतिपय अवस्थामा कारोबार कम भए पनि बैंकिंग सेवा लिनका लागि बढि कारोबार देखाउनै पर्ने बाध्यता रहेकाले त्यसले ब्यवसायिलाई थप समस्यामा पारेको शाक्यले बताए ।
जिल्लाका १२ वटा बैंक तथा वित्तीय संघसंस्थाको उपस्थीति रहेको कार्यक्रममा बैंकका तर्फबाट नेवील बैंकका शाखा प्रवन्धक सन्तोष बिमलीले सेवा प्रवाहमा देखिएका समस्या चुनौति र अवसरका बारेमा बोल्दै ब्यापारीक योजनाका साथ मात्र ब्यवसाय संचालन गर्नूपर्ने, अनावश्यक रकम जथाभावी खर्च गर्ने प्रबितिमा कमिल्याई मितब्ययिता अपनाउन जरुरी रहेकोमा जोड दिए । अहिले रुद्राक्ष, अलैंची, जडिबुटी लगायतका ब्यापारीक कारोबार राम्मै्र भएपनि बैंकले प्रक्षेपण गरे अनुसार बैंकिंग कारोबारमा बृद्धि नभएको भन्दै बचत गर्ने, समयमा ऋण तिर्ने, बिभिन्न किसिमका करनितीको बारेमा जानकारी राख्ने, निर्वाहमुखी भन्दा पनि ब्यवसायीकरणमा जोड दिनुपर्ने लगायतका सुझाव दिएका थिए ।
प्राईम कमर्सियल बैंकका शाखा प्रवन्धक सोनाम लामाले ब्यवसायीहरुलाई सफल बनाउने बैंक तथा बितीय संघसंस्थाको निति रहेको जानकारी दिँदै आपसी छलफल महत्वपुर्ण भएको बताए । उनले ब्यवसायी र बैंकहरु बिच आपसमा निरन्तर छलफल तथा अन्तरक्रिया नहुँदा कतिपय अवस्थामा बैंकलाई हेर्ने सामाजिक दृष्टकोण नकारात्मक रहँदै आएको धारणा राखे । बैंकले ब्यवसायीको साह्रोगाह्रो समस्या फुकाउने साथीको रुपमा सेवाप्रवाह गरिरहेकाले बैंकप्रति सेवाग्राहीको बिश्वास बढाउन थप जनचेतना आवश्यक रहेको सानीमा बैंकका शाखा प्रवन्धक मेदन बस्नेतको भनाई छ । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रमुख अनिष रायमाझीले बैंङ्किंङ्ग कारेबार गर्न हिच्कीचाहट देखिनु, बचत भन्दा खर्चगर्ने प्रबृति मौलाउनु, ऋणको सहि सदुपयोग नहुनु लगायतका समस्या रहेको बताए । सरकारले ल्याएको नयाँ करनितिका बारेमा सेवाग्राही ब्यवसायी अझै स्पष्ट नभएकाले बैंङ्कले प्रवाह गर्ने सेवामा समेत त्यसको असर देखिएको शाखा प्रवन्धक रायमाझीको भनाई छ ।

कृष्णराज शाक्य

प्रतिक्रिया दिनुहोस्