ठूला वित्तीय कारोबारको तत्काल राफसाफ «

ठूला वित्तीय कारोबारको तत्काल राफसाफ

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रका ठूलाखाले कारोबारलाई तत्कालै सेटलमेन्ट गर्न रियल टाइम ग्रोस सेटलसेन्ट (आरटीजीएस) सिस्टमको सुरुवात गरेको छ । यो प्रणालीको सुरुवातले पछि ठूला कारोबार सेलमेन्टका लािग ग्राहकले तत्कालै भुक्तानी लिन र दिन सक्ने भएका हुन् ।
पहिलो चरणमा वाणिज्य बैकहरूलाई अनिवार्य गरेको आरटीजीएस प्रणाली दोस्रो चरणमा विकास बैंकर वित्त कम्पनीमा लागू गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंकलाई आरटीजीएस लागू भइसकेको छ भने विकास बैंक र वित्त कम्पनीहरूमा यो सेवा आगामी पुस देखि सुरु हुनेछ । अहिले एक बैंकका फरक खातावाल भएको खण्डमा मात्र एकै दिनमा चेक साटिन्छ । फरक बैंकको चेक साट्दा थोरैमा एक दिन लाग्छ । तर, आरटीजीएस प्रणाली लागू भएपछि तत्काल नै एक बैंकको खातावाट अर्को बैंकको खातामा पैसा भुक्तानी लिन र दिन सकिन्छ । सो प्रक्रियामा पाउने र पठाउने खातावातको विवरणसहितका आदेशपछि कारोबार सम्पन्न हुन्छ । आरटीजीएस प्रणाली तुलनात्मक रूपमा विश्वसनीय र सुरक्षीत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसका साथै एक दिनसम्म पर्खनुपर्ने समस्याको समेत यो प्रणालीले अन्त्य गरेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए ।
“यो प्रणालीले बैंकलाई भन्दा पनि ग्राहकलाई फाइदा हुन्छ,” उनले भने, “ग्राहकले तत्कालका तत्काल भुक्तानी लिन दिन सक्ने हुदा समयको बचत हुन्छ ।” ठूलो रकमको भुक्तानी दिनुपर्दा चेक साट्न समय लाग्छ भनेर योजना बनाइराख्नु पर्ने समयको अन्ते भएको दाहालको भनाइ छ ।
आरटीजीएसमा कारोबार गर्दा ग्राहकले प्रतिकारोबार १० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । अहिले बैंकहरूले ढिलो गरेर चेक राफसाफ गरेपनि चेकको रकमको आधारमा शुल्क लिने गरेका छन । तर, यो प्रणाली सुरुवात भएपछि चेकमा भएको रकमको आकारका आधारमा राफसाफ शुल्क नभै कारोबारका आधारमा कारोबार शुल्क लाग्नेछ ।
आरटीजीएस प्रणालीको सुरु भएपछि बैंकहरूले छाप्ने चेकको संख्यामा पनि कमी आउनेछ । त्यसैगरी चेक छाप्ने खर्चमा समेत कटौति हुने केन्द्रिय बैंकले जनाएको छ । त्यसका साथै बैंकिङ प्रणालीमा सहज र तत्कालै अर्थत यिल टाइमममा कारोबार हुने भएपछि पैसाको कारोबार पनि वढ्ने केन्द्रीय बैंकले जनाएको छ ।
यो प्रणालीमा २ लाखभन्दा माथिको मात्र कारोबार गरिन्छ । तर, नेपालको सुवातीचरणमा भएको हुनाले कन्द्रीय बैंकले यो मार्फत सानो कारोबार पनि हुने जनाएको छ । त्यसका साथै धेरै महत्वपूर्ण र तत्काल गर्नुपर्ने ठूलो रकमको कारोबारका लागि अन्तराष्ट्रिय रूपमा नै यो प्रणाली प्रयोगमा छ । यो प्रणालीले कम महत्वका वा तत्कालै भुक्तानी दिन र लिन नपर्ने कारोबारको राफसाफ कम गर्ने गर्छ । यो प्रणालीले अर्जेन्ट मानिएका कारोबारलाई बढी महत्वका साथ सेटलमेन्ट गर्ने केन्द्रीय बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरूमार्फत यो प्रणालीमा आधारीत सेवा औपचारिक रूपमा आइतबारदेखि सुरु गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्