ग्लोबल आईएमई बैंकको ७०औं शाखारहित बैंकिङ सेवा रुकुममा «

ग्लोबल आईएमई बैंकको ७०औं शाखारहित बैंकिङ सेवा रुकुममा

ग्लोबल आईएमई बैंकले बुधबारदेखि रुकुम जिल्लाको सानीभेरी गाउँपालिका ९, सिम्लीमा आफ्नो ७०औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । सानीभेरी गाउँपालिका ९, सिम्लीमा खोलिएको सेवाको बुधबार सानीभेरी गाउँपालिका प्रमुख नरबहादुर पुनले एक समारोहकाबीच उद्घाटन गरेका थिए ।
सो स्थानमा खोलिएको सेवाका लागि स्थानीय जीवन खड्कालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आईएमई बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ११५ वटा शाखा, १२७ एटीएम, ४ वटा एक्सटेन्सन काउन्टर, १४ वटा राजस्व संकलन काउन्टर ७० शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्