Logo

परिवारले नरुचाएको पेशाले बनायो उद्यमी

धादिङ- कुनै बेला पेश व्यवसाय गर्न पनि जातको कुरा र पहिचानलाई जोड्ने चलन थियो । बाहुनले खुकुराको मासु खाने त के छुनै हुन्न भन्ने समयमा धादिङका एक युवाले कुखुरा पालन व्यवसाय सुरु गरेका थिए । बुबा हिरा प्रसादको कमाइलाई ब्रोइलर कुखुरा पालनमा लगानी गर्ने युवा हुन् जीवनपुरका बालकृष्ण आचार्य । २०५१ सालमा जिल्लामै पहिलो पटक व्यावसायिक रुपमा ब्रोइलर कुखुरा पालन सुरु गर्दा आफन्त, चिनजानका सबैजसोले कसैले मुखैले, कसैले भावले बाहुनको छोराले कुखुरा पालन नगरेको भए बेस हुन्थ्यो भनेका थिए ।

उनै हिरा प्रसादको भएभरका जमिनमा अहिले ब्रोइलर कुखुरा उत्पादन गर्ने आवश्यक पर्ने अण्डाका लागि लेर्यस कुखुरा पालन रहेका छन् । अहिले जिल्लामा साप्ताहिक रुपमा एक लाख ५० हजार चल्ला नयाँ थपिन्छन् । जिल्लामा हाल करिव साना ठूला व्यवसायी गरेर करिव चार सयको हाराहारीमा कुखुरा पालक किसान भएको अनुमान छ । ब्रोइलर कुखुरा पालन क्षेत्रमा निकै ठूलो पुँजी लगानी रहेको छ । यी चल्लामध्ये करिव ७५ हजार चल्ला आचार्य परिवारको समेत साझेदारी रहेका फर्मबाट आपूर्ति हुँदै आएको छ ।

मैले पहिलो पटक कुरा पालन गर्दा बाहुनको छोराले ब्रोइलर कुखुरा पालन सुरु गर्‍यो भनेर राम्रा नराम्रा टिकाटिप्पणी भए । म निरन्तर रुपमा अघि बढें । पहिलो पटक चारवटा टहरामा दुई हजार आठ सय चल्ला काठमाडौंबाट ल्याएर हालें । चल्ला ल्याएर पाल्न भन्दा बिक्रीको ठूलो समस्या देखियो । गाँउघरमा सबै ब्राम्हमणहरु कुखुरा खाने कुरा भएन । बजारमा पनि त्यति जाँगर लगाएर होटलवालाले लिन चाहेनन् । मासु नरम हुने भएकाले । बिक्रीको लागि यातायातको साधन पर्याप्त थिएनन् । रात्री बसको छतमा खुट्टा बाँधेर लानु पथ्र्यो । २०५२ सालमा वि.के सप्लार्यस फर्म दर्ता गरियो ।

कुखुरा बिक्री सहज बनाउन गाडी नै किनियो । विस्तारै आसपासमा साथीहरुले पनि कुखुरा पाल्दा हुने रहेछ भनेर बुझ्नु भयो । केही हदसम्म सहज हुँदै गयो । आफ्नै घरमा कुरा खान बानी लगाउन निकै समय लाग्यो । भाइ शिवहरीले दुई वर्षपछि र दाजु टेकनाथले सात वर्ष पछि मात्र कुखुराको मासु खाना थाल्नु भयो । आसपास कुखुरा पाल्ने किसानहरु थपिन क्रम सुरु भयो । हामीले चल्ला तथा दाना र औषधी बिक्री पनि सुरु गरिसकेका थियाैं । हामी यो पेशा वा व्यवसायबाट उम्कन मिल्ने र सक्ने ठाँउ चाहेर पनि थिएन । हामीले लगानी निकै गरिसकेका थियाैं ।

हामीले कुखुरा पालन गरेको देखेर राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक ऋण दिनलाई कुखुरा फर्ममै आउनु भयो । हामीलाई तत्काल ऋण आवश्यक थिएन । मैले ऋण लिन आनाकानी गरें । तर दुवै बैंकका शाखा प्रवन्धकहरु खानीखोलाबाट हप्तैपिच्छे आउन थाल्नु भयो । केही समय पछि राष्ट्रिय वाणिज्य बंैक खानीखोलाबाट ऋण लिने निधो गरें । आवश्यक कागजात तयार पारें । त्यति बेला ऋण स्वीकृत काठमाडौंबाटै गराउनुपर्ने रहेछ । लामो समय पछि काठमाडौं अफिस बोलाए ।

ऋण स्वीकृत गर्ने कर्मचारीले बाहुनको छोराले कुखुरा पाल्ने भनेर ऋण दिन आनाकानी गरे । मैले पनि बाहुनको छोराले ऋण लिन हुँदैन भनेर हिँडे । वास्ताविक कुरा चाहिँ ती कर्मचारीले ऋणमा कमिशन खोजेका रहेछन् पछि बुझ्दा । वि.के. सप्लार्यसले २०५२ सालदेखि निरन्तर रुपमा कृषिउपज उत्पादनका सामग्रीहरु मल, बीउ, चल्ला, दाना, पशुपन्क्षीजन्य औषधीहरुको कारोबार गरिहेको छ । कारोबार गर्नुका साथै राज्यले तोकोको कर समय समयमा तिर्छौं । त्यस कारण करदाता सेवा कार्यालय गल्छीले २०७७/०७८ र २०८९/०८० उत्कृष्ट करदाताका रुपमा सम्मान समेत गरेको छ ।

अहिले हामीले पोल्ट्री व्यवसायमै लगानी बढाएका छौं । विभिन्न ग्रुपसँगको सहकार्यमा पोल्ट्री व्यवसाय गरिहेका छौं । मस्र्यादी पोल्ट्री प्रा.लिले अण्डा र चल्ला उत्पादन गर्छ । यसका लागि जीवनपुरमा नौ हजार लेर्यस कुखुरा छन् । तनहुँमा त्रिशुली व्रिडिङ एण्ड रिसर्च फर्म प्रालिले अण्डा र चल्ला उत्पादन गर्छ । उसले जीवनपुरमा ३० हजार लेर्यस कुखुरा पालन गर्छ । आफ्नै ह्याचरी छ । भ्याली ग्रुपमा सुरुदेखि कारोबार गरेपनि हामीले २०६६ सालदेखि साझेदारी गर्ने मौका पायौं । पुरकोट पोल्टी प्रालि तनहुँ, मेची पोल्टी प्रालि झापा, भ्याली एग्रो फिड प्रालिमा साझेदारी गर्ने मौका मिलेको छ ।

भ्याली ग्रुपले भिएफसी रेष्टुरेन्ट सञ्चालन गरिहेको छ । यी र्फम वा कम्पनीमा साझेदारी गर्ने मौका बाहुनको छोरा हुदाँ हुँदै पनि ब्रोइलर कुखुरा पालन गर्न हो । त्यतिबेला कुखुरा पालन सुरु नगरेको भए आज यो अवस्था आउने थिएर । जुन क्षेत्रमा काम गर्‍यो त्यहि क्षेत्रमा लगानी गर्नेहरु मात्र सफल हुन सक्छन् । साना पसँजी हुनेहरुले धेरै क्षेत्रमा लगानी गर्दा सफल हुन सकिँदैन भन्ने लाग्छ । ब्रोइलर कुखुरा पालन हामीले नगरेको भएपनि कसै न कसैले कुनै बेला गर्थे नै । हामीले नै त्यो अवसर प्राप्त गर्‍यौं । यो अवसरले जिल्लाका धेरै मानिसले स्वरोजगार, स्वउत्पादक, स्वलगानीकर्ता हुने अवसर पाए ।

अहिले कुनै गाउँ छैन, जहाँ ब्रोइलर कुखुरा पालन नभएको वा ब्रोइलरको मासु नपाइने ठाउँ । ब्रोइलर कुखुरा पालन भित्र्याएर सामान्य आर्थिक अवस्थाका मानिसहरुमा समेत मासुको पहुँच पुगेको छ । ब्रोइलर कुखुरा पालन सुरु नहुदाँसम्म भान्छामा मासु पाक्न निकै मुस्किल हुन्थ्यो । अहिले गाँउगाँउमा ब्रोइलर कुखुरा पालन छ । गाँउमा अझैपनि मासु पसल नहुँदा मासु खानेलाई महँगो परेको छ । अड्कलेको जति खान नपाउने अवस्था छ । नेपाल मासु र अण्डामा आत्मानिर्भर भएको छ ।

खुल्ला सिमाना भएका कारण भारतबाट चल्ला ल्याउँदा नेपाली चल्ला बिक्रीमा कमि आएको छ । आर्थिक मन्दी हुनु र मासु खाने उमेर समुहका युवा रोजगारीका लागि विदेश जानुले पोल्ट्री व्यवसायमा असर परेको छ । अहिले भाई शिवहरि आर्चाय एस.एच इन्टरप्राइजेजमार्फत पोल्ट्री व्यवसायमा जमेको छ । मेरो नाममा रहेको फर्ममा म आफू समय दिन सक्दिन । दाजुले हेर्नु हुन्छ । मेरो राजनीतितर्फ रुची भएकाले धुनीबेसी नगरपालिकाको नगर प्रमुख भएर दोश्रो कार्यकालमा काम गरिहेको छु ।

२०५१ सालमा जिल्लामै पहिलो पटक व्यावसायिक रुपमा ब्रोइलर कुखुरा पालन सुरु गर्दा आफन्त, चिनजानका सबैजसोले कसैले मुखैले, कसैले भावले बाहुनको छोराले कुखुरा पालन नगरेको भए बेस हुन्थ्यो भनेका थिए । उनै हिरा प्रसादको भएभरका जमिनमा अहिले ब्रोइलर कुखुरा उत्पादन गर्ने आवश्यक पर्ने अण्डाका लागि लेर्यस कुखुरा पालन रहेका छन् । अहिले जिल्लामा साप्ताहिक रुपमा एक लाख ५० हजार चल्ला नयाँ थपिन्छन् ।

प्रतिक्रिया दिनुहोस्