सुजुकी सेलेरियोको धुम्मचक्कर «

सुजुकी सेलेरियोको धुम्मचक्कर

काठमाडौं, २ फागुन (कास): सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी । मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियो टेस्ट राइड क्याम्पेनलाई निरन्तरता दिँदै माघ महिनामा पनि निरन्तरता दिएको थियो । उपभोक्तालाई खरिद निर्णय लिनुपूर्ण पहिलो अनुभवतथा सन्तुष्टि प्रदान गर्ने सोचकासाथ कम्पनीले आयोजना गरेको यस कार्यक्रम सुजुकीका दशवटा आधिकारिक शोरुम भक्तपुर, बनेपा, पोखरा, बाग्लुङ, दमौली, नारायणघाट, लहान, इटहरी, दमक र विराटनगरबाट माघ ०७४ मा सञ्चालनभई सफल भएको भन्दै कम्पनीले यस टेस्ट राइड कार्यक्रममा हालसम्म जम्मा १८ स्थानहरूमा सफलतापुर्वक पुस महिनाको सुरुवातदेखि आयोजना गर्दै आएको पनि जनाएको छ ।
कम्पनीका अनुसार माघ महिनामा ७ सय १४ जना टेस्ट राइडको कार्यक्रममा सहभागी भएका थिए । सहभागी भएका ग्राहकहरूले सकारात्मक धारण व्यक्त गर्दै सुजुकी सेलेरियो एक परफेक्ट फेमिलीकार भनेको पनि कम्पनीले जनाएको छ । मार्केटिङ एन्ड स्ट्रयाटिजी डिजिएम सिरज पन्तका अनुसार ग्राहकहरूको उल्लाहसपूर्ण सहभागिताले यस सुरुवातलाई आशापूर्ण प्रतिक्रिया दिएको थियो र माघ महिनाको क्याम्पेनमा पनि निकै हौसलापूर्ण सहभागिता देखिएको थियो । उनले हालसम्म १२०० भन्दा धेरै ग्राहकवर्गले यो सुविधा महसुस गरेको बातए । सेलेरिया ‘द परफेक्ट फेमिलीकार’ नेपाली बजारमा गत पुस महिनामा टेस्ट राइड अभियानमार्फत बजारमा ल्याएको थियो । हरेक टेस्ट राइडमा उपभोक्ताले आकर्षक उपहारका साथै १ जना भाग्यमानी उपभोक्ताले बम्पर १ लाख क्यासब्याक जित्ने अवसर पनि प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्