सानिमा लाइफ इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व

काठमाडौं, २ फागुन (कास): हिन्दुहरूको महान चाड महाशिवरात्रीको अवसरमा सानिमा लाइफ इन्स्योरेन्सले मेडिकेयर हस्पिटल एन्ड रिसर्च सेन्टर, चाबहिलको सहकार्यमा पशुपति मन्दिर प्राङ्गणमा निःशुल्क स्वस्थ शिविरको आयोजना गरेको जनाएको छ । कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित उक्त स्वस्थ शिविरमा १८२ जना श्रद्धालु भक्तजनहरूले स्वस्थ परीक्षण गराएको कम्पनीले जनाएको छ ।