नेपाली चलचित्र ‘कृ’ मा सामसङ मोबाइल

नेपालको अग्रणी एवं विश्वासिलो स्मार्टफोन ब्रान्डका रूपमा स्थापित भएको सामसङ, हालै सुरेन्द्र पौडेलद्वारा निर्देशित एवं अनमोल केसीद्वारा अभिनित नेपाली चलचित्र ‘कृ’ मा ब्रान्ड समन्वय भएको छ । ‘कृ’ चलचित्रमा सामसङको ग्यालेक्सी एस ८ प्लस प्रयोग अनमोल केसीले गरेको देखाइएको । नेपाली चलचित्रका दृश्यहरूमा समेत सामसङ मोबाइलको प्रयोगबाट नेपाली समाजमा मोबाइल सम्पर्कको विशेष माध्यम हुँदै आएको कुरा अझ स्पष्ट भएको छ ।
हलिउड तथा बलिउडमा भने यस्तो प्रयोग पहिलेदेखि नै हुँदै आएको छ । स्मार्टफोनको समुहमा यो फोनले विशेष भूमिका खेलेको देखिन्छ । यसबाट नेपाली चलचित्रको वर्तमान प्रयोगले भिन्न तथा विशेष तरिकाबाट पनि उत्पादनको प्रबद्र्धन गर्न सकिने कुरामा सामसङ विश्वस्थ छ । “चलचित्रले समाजको भावनालाई प्रतिबिम्बित गर्छ । नेपाली चलचित्रमा यो उत्पादनको प्रयोग भएको पाउँदा हामी अत्यन्त खुसी भएका छौं । यसले हामीलाई ग्राहकहरूसँग नजिक हुने राम्रो अवसर पनि प्रदान गरेको छ । ‘कृ’ चलचित्रको माध्यमबाट नेपाली दर्शकमा ख्याति प्राप्त अनमोल केसीसँग सम्बन्धित हुन पाउँदा हर्षित छौं,” आईएम बिज, सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने ।