सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारण सभा

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९औं वार्षिक साधारण सभा अइतबार सम्पन्न गरेको छ ।
सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,२६,७५,९१,७१६.७१ को ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम पचासी लाख अन्ठानब्बे हजार नौ सय पच्चीस र पैसा सन्ताउन्न नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । साथै आ.व. ०७९/८० को वित्तीय विवरण पारित गरी १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।