रेड बुलद्वारा नेपालमा उत्पादन सुरु «
Logo

रेड बुलद्वारा नेपालमा उत्पादन सुरु

काठमाडौं– रेड बुलले नेपालको अमरापुरीमा ग्रीनफिल्ड उत्पादन सुविधासहितको फ्याक्ट्री उद्घाटन गरेको छ । रेड बुल फ्याक्ट्रीले जर्मन र स्विस टेक्नोलोजी, स्वचालित उत्पादन प्रविधि, उत्कृष्ट वातावरणीय र सुरक्षा मापदण्डसहितको फ्याक्ट्री सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

यस फ्याक्ट्रीको आधाभन्दा बढी विद्युत, वैकल्पिक उर्जा स्रोतहरूबाट उत्पादन गरिनेछ । अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारको लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्नेछ । रेडबुलको नेपालमा स्थानीय रुपमा उत्पादन, ब्राण्डको यात्रामा एउटा महत्वपूर्ण कोसेढुङ्गाको रूपमा रहेको बताइएको छ ।

साथै यसले ब्राण्डको स्थानीय रुपैमा उत्पादन, स्रोतसाधनहरुको सशक्तिकरण तथा वातावरणीय दिगोपनप्रति प्रतिबद्धता दर्शाउने कम्पनीको भनाइ छ । प्रतिष्ठित ब्राण्ड रेड बुल उत्पादन गर्ने नेपाल, विश्वको चौथौ देश हो । पहेंलो रेड बुल उत्पादन गर्ने थाइल्याण्ड, भियतनाम तथा चीन पश्चात नेपाल रहेको छ । यो विध्या परिवारको स्वामित्वमा रहेको टिसिपि समूह थाइल्याण्डमा रहेको एक अग्रणी पेय पदार्थ कम्पनी हो र विश्वको सबैभन्दा प्रतिष्ठित इनर्जी ड्रिङ्क ब्राण्ड रेड बुलको उत्पादक हो ।

प्रतिक्रिया दिनुहोस्