प्रविधिमैत्री शिक्षणका लागि ट्यावलेट वितरण «
Logo

प्रविधिमैत्री शिक्षणका लागि ट्यावलेट वितरण

जुम्ला– सामुदायिक विद्यालयको शिक्षणलाई प्रविधिमैत्री बनाउन ट्याव वितरण गरिएको छ । प्रविधिमैत्री शिक्षण सिकाइका लागि तातोपानी गाउँपालिकाका २८ वटा विद्यालयलाई स्मार्ट ट्याव वितरण गरिएको हो । नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको साझेदारीमा सञ्चालित (आईमिन परियोजना) द्वारा तातोपानीका २८ विद्यालयलाई करिब १० लाखको ट्यावलेट तथा कक्षा १ देखि ३ को गणित विषयको स्वअध्यायन सामग्री वितरण गरेको छ ।

नेपाल सरकारको अध्यायन अनुसार आधारभूत तहको गणित शिक्षा कमजोर रहेकाले गणितको आधारभूत सीप तथा ज्ञान आर्जनका लागि स्वअध्ययन सामग्री सहयोग गरिएको जिल्ला परियोजना अधिकृत दिपराज रावतले बताए । तातोपानी गाउँपालिकाको आधारभूत तहको शिक्षा सुधारका लागि विगत चार वर्षदेखि सञ्चालित परियोजनाले शिक्षण प्रविधिमैत्री बनाउन खोजेको जाइका परियोजनाकी प्रतिनिधि साकुरा मिस (जयन्तीले) बताइन् ।

उनले भनिन्, ‘सामुदायिक विधालयको शिक्षा प्रविधि बन्न सकेको छैन । हामीले आधारभूत तहका शिक्षकलाई शिक्षण विधि तथा पाठ्यक्रम विकासबारे तालिम दिइसकेका छौं । अब ट्यावमार्फत सबै सिकेका कुरा व्यवहारमा कार्यान्वयन गर्नुपर्ने छ । यसले शिक्षण सिकाईमा सहजतासँगै प्रविधिको प्रयोग बढने आशा छ ।’ जाइका आइमिन परियोजना अधिकृत चन्द्रमान जोन्छेले ट्याव प्रयोगको तथा प्रक्रियाबारे प्रधानाध्यापकलाई सिकाएका थिए ।

ट्यापमा कक्षा १–३ सम्मका नेपाली, अंग्रेजी र गणित विषयको शिक्षण विधि, पाठ योजना सबै राखिएको छ । ती सामग्री हरेरै शिक्षकहरुले पढाउन सक्ने छन् । ट्यावलेटमा कक्षा १ देखि ३ सम्मको पाठ योजना, मोडल लर्निङका सामग्री, भर्चुअल कक्षा सञ्चालनका लागि गणित, नेपाली, सरोफेरो, अंग्रेजीको पाठ, शिक्षण सिकाई (टिचर गाईड) १–३ सम्म, विद्यार्थीको गृहकार्य बुक, सिकाई अनुसरणका विधि, सेसन शिक्षणका सामाग्री,लगायत नेपालका शिक्षा, ऐन कानुन कार्यविधि तथा स्वअध्ययन सामग्री समेत राखिएको अधिकृत जोन्छेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्