अन्योलमा बिहुँ घोडाबाँधे खण्ड «
Logo

मध्यपहाडी राजमार्ग

अन्योलमा बिहुँ घोडाबाँधे खण्ड

फाइल तस्बिर ।

बागलुङ– निर्माण कम्पनीसंँगको ठेक्का सम्झौता रद्द भएपछि मध्यमहाडी लोकमार्गको बिहुँ–घोडाबाँधे खण्ड अन्योलमा परेको छ । निर्माणको काम अलपत्र छोडेर सम्पर्कविहीन निर्माण कम्पनी सूर्य कन्स्ट्रक्सनसँगको सम्झौता रद्द गरिएपछि उक्त खण्डको १२ किलोमिटर सडक निर्माणको काम अन्योलमा परेको हो । आयोजना र निर्माण कम्पनीबीच २०७२ साल माघमा भएको ठेक्का सम्झौतामा दुई वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने उल्लेख थियो ।

सम्झौता मिति सकिएपछि पाँच पटकसम्म म्याद थप गरेको भए पनि निर्माण कम्पनी काम अलपत्र छोडेर भागेपछि गत असारमा सम्झौता रद्द गरिएको थियो । उक्त सम्झौता गत असार मसान्तसम्मका लागि थियो । पाँच पटक म्याद थप गर्दासमेत जम्मा ७५ प्रतिशत भौतिक र ७१ प्रतिशत वित्तीय प्रगति भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

‘२०७२ साल माघमा दुई वर्षका लागि ठेक्का सम्झौता भएको थियो,’ आयोजनाका पर्वत कार्यालयका सूचना अधिकारी इन्जिनियर पवन सुवेदीले भने, ‘सात वर्षको अवधिमा पाँच पटक म्याद थपेर काम सम्पन्न गर्ने मौका दिँदासमेत काम नगरेपछि सम्झौता रद्द गर्न बाध्य बनेका थियौँ ।’ पुरानो निर्माण सम्झौता रद्द भएपछि अब नयाँ प्रकृयामा गएर सम्झौता गर्ने आयोजनाले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको राजमार्गको १४२ किलोमिटर सडक बागलुङमा पर्दछ । जसमध्ये बागलुङ सदरमुकामदेखि काँठेखोला गाउँपालिकाको घोडाबाँधेसम्मको २५ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । लोकमार्गको बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडकलाई दुई खण्डमा विभाजन गरेर निर्माणका लागि दुई कम्पनीलाई जिम्मा दिइएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको राजमार्गको १४२ किलोमिटर सडक बागलुङमा पर्दछ । जसमध्ये बागलुङ सदरमुकामदेखि काँठेखोला गाउँपालिकाको घोडाबाँधेसम्मको २५ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । लोकमार्गको बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडकलाई दुई खण्डमा विभाजन गरेर निर्माणका लागि दुई कम्पनीलाई जिम्मा दिइएको छ । निर्माण सम्झौता पश्चात पटकपटक म्याद थप्दासमेत काम हुन नसकेको भन्दै स्थानीय पटकपटक आन्दोलित भएका छन् ।

निर्माण सम्झौता पश्चात पटकपटक म्याद थप्दासमेत काम हुन नसकेको भन्दै स्थानीय पटकपटक आन्दोलित भएका छन् । ठेकेदारको लापारबाहीका कारण सडक कालोपत्रे नभएको भन्दै काठेखोला ५ र ६ का स्थानीयले सडक अवरुद्ध गर्ने, ठेकेदार कम्पनीको कार्यालयमा तालाबन्दी गर्ने लगायतका दबाबका कार्यक्रम गरेका थिए । काम नगर्ने कम्पनीसँगको सम्झौता रद्द गर्न आयोजनालाई स्थानीयको चर्काे दबाबपछि ठेक्का सम्झौता रद्द भए पनि अझै निर्माणको ठेगान नलागेको स्थानीय भरत सापकोटाले बताए ।

यता ठेक्का सम्झौता रद्द गर्ने चतावनी पछि बागलुङ बजारदेखि बिहुँसम्मको सडक निर्माणको काम भने पुनः सुचारु भएको छ । बागलुङ–बिँहु खण्डको १३ किलोमिटर सडक निर्माणका लागि भारत–सिद्धिसाई जेवीसँंग २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । कम्पनीसँंग अहिलेसम्म पाँच पटक म्याद थप गरिसकिएको आयोजनाले जनाएका छन् । माथिल्लो खण्डमा जस्तै बागलुङ–बिँहु खण्डको पनि सम्झौता रद्द गरेर अगाडि बढ्ने चेतावनी पछि यस खण्डमा काम सुचारु भएको छ,’ इन्जिनियर सुवेदीले भने ।

आयोजनाका अनुसार दुवै निर्माण व्यवसायीलाई ठेक्का रद्दका लागि सूचना हालेपछि तल्लोे खण्डको निर्माण व्यवसायी लामो समयपछि काममा फर्केको हो । अहिले अछेते बजारदेखि बिहुँतर्फको सडकमा कालोपत्रेका लागि ग्राबेल गर्ने र बाँकी रहेको स्थानमा पर्खाल लगाउने काम भइरहेको छ । यस पटक अछेते बजारदेखि साढे चार किमि माथि बिहुँसम्म कालोपत्रे गर्नेगरी काम भइरहेको छ ।

सदरमुकामदेखि अछेते बजारसम्म एस आगाडि नै कालोपत्रे गरिसकेको छ । विकास निर्माणको चरम लापरबाही देखिएको मध्यपहाडी राजमार्गको उक्त खण्डमा असार मसान्त अगाडि नै निर्माण सकिसक्न कम्पनीलाई निर्देशन दिएको आयोजनाले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङमा पर्ने १४२ किलोमिटरमध्ये जम्मा २५ किलोमिटर सडक खण्ड कालोपत्रे सम्पन्न हुन बाँकी छ भने अन्य सडक कालोपत्रे सम्पन्न भएर हस्तान्तरणको क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्