कोरियामा युद्ध भएमा बिना परमाणु हतियार ३ लाखले ज्यान गुमाउने «

कोरियामा युद्ध भएमा बिना परमाणु हतियार ३ लाखले ज्यान गुमाउने

सोलः अमेरिका र उत्तर कोरियाबीच लडाई  भयो भने परमाणु हतियारको प्रयोग बिनानै लाखौ मानिसले ज्यान गुमाउने भएका छन् । युद्धको पहिलो दिनमै ३ लाख मानिस मारिने भएका छन् ।युद्धले कोरियाली प्रायद्विपमा २.५० करोड मानिस प्रभावित हुनेछन् । १ लाख अमेरिकी पनि संकटमा पर्ने भएका छन् । अमेरिकी कंग्रेसको थिंक ट्यांक कंग्रेसनल रिसर्च सर्भिसको रिपोर्टले यो दावी गरेको हो ।

६२ पृष्ठको यो रिपोर्ट अमेरिकी सांसदलाई पनि पठाइएको छ । उत्तर कोरियाले परम्परागत  हतियार मात्रै प्रयोग गरेको अवस्थामा पनि पहिलो दिननै ३० हजार देखि ३ लाख मानिसले ज्यान गुमाउन सक्ने छन् ।  रिपोर्टलाई आधार मानेर आएको सञ्चार माध्यमका समाचार अनुसार पहिलो दिनमानै ३ लाख मानिस मारिन सक्ने छन् ।

थिंक ट्यांकको रिपोर्टमा उत्तर कोरियासँग १० हजार राउन्ड प्रति सेकेन्डको गतीमा फायरिङको क्षमता छ । युद्धको घोषणा भएमा यसमा चीन, जापान तथा रसी सेना समेत सामेल  हुन सक्नेछन् । यसो भएमा युद्ध अमेरिकाका लागि नोक्सानी बेहोर्ने थलो  हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्