ग्राउन्ड ह्याण्डलिङ सेवा फिर्ता ल्याउन दबाब «
Logo

ग्राउन्ड ह्याण्डलिङ सेवा फिर्ता ल्याउन दबाब

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ (भूमिस्थ प्रबन्ध) सेवा फिर्ता ल्याउन माग गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले व्यवस्थापनलाई दबाब दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ सेवा नेपाल नागरिक उड्डयन प्राधिकरणले खुला प्रतिष्पर्धाका आधारमा छनोट गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

बुधबारमात्र खुला प्रतिष्पर्धाका आधारमा भूमिस्थ प्रबन्ध दिने निर्णयको विरोधमा नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलनमा उत्रिएका थिए । बिहीबार प्राधिकरण सम्बद्ध कर्मचारी संगठनले प्राधिकरण व्यवस्थापनलाई निगमबाट विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा खुल्ला प्रतिस्पर्धामा दिनको लागि दबाब दिएका हुन् । निगमले गर्दै आएको ‘ग्राउन्ड ह्याण्डलिङ’ सेवा तत्कालै फिर्ता लिन प्राधिकरणका विभिन्न संघसंगठनले सामूहिक विज्ञप्ति जारी गर्दै तत्कालै निगमबाट सेवा फिर्ता लिन दबाब बढाएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी संगठन, लोकतान्त्रिक कर्मचारी संघ र मधेश तराई कर्मचारी युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै नेवानिका कर्मचारीले ग्राउन्ड ह्याण्डलिङ आफ्नै पुर्खाको र जन्मसिद्ध अधिकार हो भनी गरेका कथित प्रचारबाजी बन्द गर्न आग्रह गरेका छन् । विगतमा पनि ग्राउन्ड ह्याण्डलिङ सेवाबारे पटक‑पटक बखेडा गरेर भावनात्मक वातावरण सिर्जना गराउने र राजनीतिक आशिर्वाद प्राप्त गरेकाले आगामी दिनमा खुल्ला प्रतिस्पर्धाकै आधारमा सेवा दिन भनिएको छ ।

लामो समय देखि निगमले बिना प्रतिस्पर्धा विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा प्रतिस्पर्धामार्फत प्राधिकरणमार्फत गर्न दबाब दिएका हुन् । प्राधिकरणले सन् २०२५ देखि त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ सेवा खुल्ला प्रतिस्पर्धामार्फत दिने निर्णय गरेसँगै निगमका कर्मचारीले यथावत पाउँनु पर्ने र प्राधिकरणका कर्मचारीले फिर्ता लिनु पर्ने भन्र्दै दबाब बढाएका छन् ।

‘कर्मचारीले नेवानिलाई बिना प्रतिस्पर्धा प्रदान गरिएको कमर्सियल ग्राउन्ड ह्याण्डलिङ सेवा तुरुन्त खोसेर प्राधिकरण ऐन २०५३ ले प्रदत्त गरेको कानुनी अधिकार बमोजिम प्राधिकरण आफैंले सेवा सञ्चालन गर्ने गरी यथाशीघ्र व्यवस्था गर्न प्राधिकरण व्यवस्थापनलाई जोडजार माग गर्दर्छौं ।’ विज्ञप्तिमा भनिएको छ । बुधबारदेखि निगम कर्मचारी तथा संयुक्त ट्रेड युनियनहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला प्रतिष्पर्धाका आधारमा नभएर स्वतः नियमले पाउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका हुन् ।

नेपाल नागरिक उड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला प्रतिष्पर्धाबाट दिने निर्णय गरेसँगै उक्त सेवा वायुसेवा निगमले नै पाउनुपर्ने माग राखेका हुन् । करिब वार्षिक ४ अर्ब रुपैयाँ आम्दानी हुँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा निगमले पाउनुपर्ने भन्दै निगमका कर्मचारीले विरोध गरेका छन् । त्रिभुवन विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट, पाँच सदस्यीय समिति गठन समेत गठन गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ दिने कम्पनी प्रतिस्पर्धाबाट छनोटको लागि समिति गठन गरेको थियो । आइतबार प्राधिकरणले प्रतिस्पर्धाको माध्यमबाट कम्पनी छान्न आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ । प्राधिकरणले कम्पनी छनोट गर्न बोलपत्र सम्बन्धी कागजात समेत तयार पार्न निर्देशक सुनिल कुमार कुशवाहको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्